कम्पनीमा नजाने गाडी गुड्न नपाउने

सोमबार, २४ मङि्सर २०७५, ०७ : ५७ नागरिक

काठमाडौं - यातायात व्यवस्था विभागले मंसिर मसान्तभित्रै कम्पनीमा दर्ता भएर पञ्जीकृत नहुने सार्वजनिक सवारीसाधनलाई गुड्न नदिने भएको छ। विभागले मंसिर मसान्तभित्र कम्पनीमा दर्ता भएर पञ्जीकृत नहुने सार्वजनिक सवारीसाधनलाई सडकमा गुड्न निषेधित गर्ने तयारी गरेको छ।

संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका यातायात संघसमिति तोकिएको समयसीमाभित्रै दर्ता नभएमा रुटपरमिट खारेज गरेर गुड्न नदिने तयारी गरेको विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले बताए। ‘संघसमितिमा रहेका यातायात व्यवसायीलाई मंसिर मसान्तसम्मको समय दिएका छौं,’ उनले भने, ‘कम्पनीमा दर्ता भएर नआउने यातायात संघसमितिको पुस १ गतेदेखि रुटपरमिट खारेज गरेर सञ्चालनमा रोक लगाउनेछौं।’ विभागले गत वर्षको चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि २०७४ ल्याएर सार्वजनिक सवारीसाधन अनिवार्य कम्पनी वा फर्ममा दर्ता भएर यातायात व्यवस्था विभागमा पञ्जीकृत हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको थियो।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको नौ महिना बितिसक्दा समेत पुराना संघसंस्थामार्फत सञ्चालन हुँदै आएका यातायात व्यवसायी संघ÷समिति कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता हुन आएका छैनन्। देशभरका चार सय अधिक समितिमध्ये केही मात्र कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकृत भएका छन्।

लामो समयदेखि यातायात क्षेत्रमा एकाधिकार कायम राख्दै आएका यातायात व्यवसायीले कम्पनीमा जान अप्ठेरो भएको गुनासो गर्दै आएका छन्। यातायात व्यवस्था विभागका अनुसार हालसम्म देशभर १५ सय वटा कम्पनीमा दर्ता भएर पञ्जीकृत भएका छन्। त्यस्तै, करिब छ हजार सवारीसाधन कम्पनीमा दर्ता भएर पञ्जीकृत भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले सरकारले संघसमिति मातहत रहेका संस्थाको सम्पत्ति र स्वामित्व हस्तान्तरण नभएसम्म कम्पनीमा दर्ता नहुने बताउँछन्। ‘सरकारले यातायात संघ–समिति मातहत रहेको सम्पत्ति, कर्मचारी र कार्यालय व्यवस्थापन र दायित्व हस्तान्तरण नगरेसम्म कम्पनीमा जान सक्दैन,’ उनले भने, ‘सरकारले स्पष्ट नीति नल्याएसम्म हामी कम्पनीमा जादैनौं।’ यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले संघसमिति मातहत रहेका यातायात व्यवसायी अति नै न्यून संख्यामा मात्रै कम्पनीमा दर्ता भएर पञ्जीकृत भएको बताउँछन्।

‘नयाँ यातायात व्यवसायी कम्पनीमा दर्ता हुनेको लहर चलेको छ,’ उनले भने, ‘पुराना यातायात व्यवसायीहरु अपेक्षाकृत ढंगले कम्पनीमा दर्ता भएर पञ्जीकृत गर्न आएका छैनन्।’ उनले अन्तिम समयसीमाभित्र पुराना यातायात व्यवसायिक कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन आउने अपेक्षा गरिएको बताए। यातायात अधिकारकर्मी राम थापा पञ्जीकरण हुन नआउने पुराना यातायात व्यवसायीका सवारीसाधनको रुट परमिट नवीकरण, जाँचपास, सवारी नामसारी र राज्यले उपलब्ध गराउने सम्पूर्ण सेवा रोकेर अघि बढ्नुपर्ने बताउँछन्। ‘पुराना यातायात व्यवसायी फेरि सिन्डिकेट ब्युताँउने चलखेलमा छन्। त्यसैले कम्पनीमा दर्ता भएर पञ्जीकृत गर्न आलटाल गरेका हुन,’ उनले भने, ‘सरकारले पञ्जीकृत हुन नआउने सार्वजनिक यातायातको रुटपरमिट नै रोक्का गरेर कारबाही गर्नुपर्ने बेला भइसक्यो।’

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको नौ महिना बितिसक्दा समेत पुराना संघसंस्थामार्फत सञ्चालन हुँँदै आएका यातायात व्यवसायी कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन आएका छैनन्। देशभर रहेका चार सयभन्दा धेरै यातायात संघसमितिमध्ये केही मात्र कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकृत भएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad