निर्मला हत्या प्रकरण

नक्कली अभियुक्त खडा गरेको भन्दै महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

आइतबार, २३ मङि्सर २०७५, १५ : ५० नागरिक

काठमाडौं– नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजीनामा माग गरेको छ।  

महिला संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो। 

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रियसभा सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन्। सांसद खतिवडाले भनिन्, ‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति महिला संघ घोर भत्र्सना गर्दछ।’ 

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उनको दाबी छ। खतिवडाले भनिन्, ‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तको बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखी नेपाली बन्छन्? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन् ?’ 

नेपाल सनतान धर्मको ऐतिहासिक पृष्ठभूमिको देश भएको भन्दै सांसद खतिवडाले भनिन्, ‘व्यक्ति जुनसुकै कार्यक्रम र सभामा सहभागि हुन पाउँछ तर सरकार नै विवादित धार्मिक संस्थाको आयोजक बन्नु कहाँसम्मको जायज हो? यो आम नेपाली जनताको भावना र संविधान हित विपरित कार्य हो, सरकारको यस रबैयाप्रति महिला संघले आपत्ति जनाउँछ, महिलाका बारेमा हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?’

महिला हिँसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्, ‘असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो।’ 

राज्यले महिलालाई अधिकार दिएको तर व्यवहारमा नपाएको भन्दै उनले थपिन, ‘कानून फितलो छ, बलात्कार, दण्डहिनता चरम पराकाष्ठा छ, अर्कोतर्फ मूल्य बृद्धि, कालोबजारी, भ्रष्टाचार मौलाएको छ, तीन तहको स्थानीय सरकार भएरपनि जनताले विधिको शासन र कानूनी राजको महसुस गर्न पाएनन्, देशको विकास र समृद्धि भाषणमा सीमित छ।’





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad