coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँपालिकाकाे लापरवाहीका कारण सामाजिक सुरक्षा भत्ता पाइएन

मुगु - जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउपालिकामा सामाजिक सुरक्षा भत्ता नपाइएको गुनासो आएको छ। सामाजिक सुरक्षा रकम पाउने लक्षित समुहका नागरिकले आर्थिक वर्ष २०७४/०७५ को चैत्रदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता नपाएको बताएका छन्।

गाउँपालिकाका ९ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले अघिल्लो चैत्रदेखि असारसम्मको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। मुगुम कार्मारोङ्ग गाँउपालिका–७ मह गाउँका ८३ बर्षीय टाक्याप कामीले सामाजिक सुरक्षा भत्ता हरेक चौमासिकको अन्तिममा घरमै आएर कर्मचारीको हातबाट बुझेर लिने गरेको भएपनि अघिल्लो चैत्रदेखि असारसम्मको भत्ता नपाएको गुनासो गरे। वडा कार्यालयका कर्मचारीसँग जानकारी लिँदा गाँउपालिकाले बेलैमा ध्यान नदिएपछि चौमासिकको सबै रकम सरकारले फिर्ता लगेको उनले बताए। यस्तै मुगुम कार्मारोङग गाउँपालिका–७ का वडा अध्यक्ष च्यावा लामाले गाँउपालिकाले  बेलैमा निकासा नलिदा रकम फिर्ता गएको बताए।

गाउँपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट बेलैमा निकासा नलिदा सामान्य तथा स्थानीय मन्त्रालय अन्तर्गतको पञ्जिकरण विभागले रकम फिर्ता लिएका कारण चार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको जनप्रतिनिधिहरुले बताएका छन्।

चार महिनाको रकम फिर्ता गएपछि पुन निकासाकालागि पञ्जिकरण विभागमा मुगुबाट निर्वाचित संघीय सांसद गोपाल बमसहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत आफु सहितको टोली सम्बन्धित निकायमा पुगेकाे मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास शर्माले बताए।

 

प्रकाशित: २३ मंसिर २०७५ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App