१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लाइभ टेलिभिजन शाेमा दुई नेताबीच हात हालाहाल

जर्जिया–जर्जियाका दुई नेताहरु लाइभ  टेलिभिजन शाेमा  हात हालाहात गरेका छन्। जर्जियाको क्विभो कार्तिली टेलिभिजनमा आयोजित एक कार्यक्रममा दुई नेता एक आपसमा हात  हालाहाल गरेका  हुन्।

टेलिभिजनबाट प्रत्यक्ष प्रशारित कार्यक्रममा आगामी संसदीय निर्वाचनका उमेद्वार रहेका इन्डस्ट्रियल खेमाका पार्लाड कालिकोभ र डेमोक्रयाटिक पार्टीका भेपखाई गुरेनस्किभिल्लीबीच हात हालाहाल भएको हो ।

कालिकोभले  गुरेनस्किभिल्लीलाई अपशब्द प्रयोग गरेपछि उनले सुरुमा पेनले हानेका थिए । त्यसपछि कालिकोभले  आफू बसेको स्थानबाट उठेर गुरेनस्किभिल्ली माथि हातपात गरेका थिए। उनीहरुलाई टेलिभिजनका कर्मचारीले थप हातपात हुनबाट रोकेका थिए। जर्जियामा अक्टोबर ८ मा संसदीय निर्वाचन हँुदैछ ।

 

 

प्रकाशित: १२ आश्विन २०७३ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App