coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सोलुमा जीप दुर्घटना, चालक गम्भीर घाइते

सोलुखुम्बु - सोलुखुम्बुको सल्यानमा जिप दुर्घटना भएकाे छ। अाइतबार विहान करिब सल्लेरीका लागि यात्रु लिन गएको ना १ ज ३६६० नम्बरको सुमो जीप नेचासल्यान गाउँपालिका २ सल्यान राईडाँडाको घम्तीवाट करिब एक सय मिटर तल खसेकाे थियाे।

दुर्घटनामा नेचासल्यान गाउँपालिका १ सल्यान घर भएका चालक नवराज ढुंगाना गम्भीर घाइते भएका छन्। उनकाे प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा प्राथमिक उपचार पछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडाैं लैजाने तयारी भइरहेको अस्थायी प्रहरी चौकी सल्यानका असर्इ ज्ञानेन्द्र श्रेष्ठले बताए। जीपमा सवार सल्यानका एक यूवा भने हामफालेर बाच्न सफल भएका छन्।

प्रकाशित: २३ मंसिर २०७५ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App