८ वैशाख २०८१ शनिबार
खेल

टोटेनह्यामद्वारा लेस्टर पराजित, आर्सनलको संघर्षपूर्ण जित

काठमाडौं – लेस्टर सिटीलाई २–० ले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार राति लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनह्यामको जितमा सङ ह्युङ मिन र डेले अल्लीले गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मिनले टोटेनह्यामलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा अल्लीले मिनको पासमा गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे। त्यसपछि गोल हुन सकेन र टोटेनह्यामले महत्वपूर्ण ३ अंक बटुल्यो। जितसँगै १६ खेलबाट टोटेनह्यामले ३६ अंक बनाएको छ। लेस्टर भने २२ अंकका साथ नवौं स्थानमा छ।

त्यस्तै राति नै भएको अर्को खेलमा आर्सनलले हडल्सफिल्ड टाउनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो। आर्सनलको जितमा एकमात्र निर्णायक गोल खेलको ८३ औं मिनेटमा लुकास टोरिइराले गरे। जितसँगै १६ खेलबाट ३४ अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा छ। पराजित हडल्सफिल्ड १० अंक जोडेर १८ औं स्थानमा छ।

अन्य खेलमा बर्नलीले ब्राइटन तथा कार्डिफले साउथह्याम्पटनलाई समान १–० ले पराजित गर्दा वेष्ट ह्यामले क्रिष्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App