सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग

आइतबार, २३ मङि्सर २०७५, १२ : ४९ नागरिक

काठमाडौं-  सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न 'उच्चस्तरीय सम्पत्ति छानविन आयोग' गठन गर्न समेत माग गरेको छ।

ज्ञापनपत्र बुझाउन अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्य सचिव दामोदर गौतम, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की सिंह दरवार पुगेका थिए।

उनीहरुले संघीय, प्रादेशिक तथा स्थानीय तहमा अनुकुल हुनेगरी वर्तमा भ्रष्टाचारविरुद्ध कानूनी संरचनालाई समयानुकुल बनाई कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। भ्रष्टाचार विरुद्ध एकीकृतरुपमा काम गर्न सक्ने संस्था अख्तियारलाई प्रभावकारी बनाउन समेत भनिएको छ।

मन्त्रालयबाट गर्नुपर्ने ठेक्कापट्टा सम्बन्धी निर्णयहरु पनि मन्त्रिपरिषदबाट हुने परिपाटीको अन्त्य गर्न उनीहरुले सुझाव दिएका छन्। समाजले संसद विकास कोष खारेज गर्न माग गरेको छ। सार्वजनिक लेखा समिति र राज्यव्यवस्था तथा सुशासन समितिको हस्तक्षेपकारी भूमिका बढाउनु पर्नेमा उनीहरुले जोड दिएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदन २०१७ ले विश्वका १८० मुलुकमध्ये नेपाल १२२ औं स्थानमा भ्रष्टाचार हुने मुलुकमा रहेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad