७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिंहदरवारमा प्रधानमन्त्री सहित मुख्यमन्त्रीको बैठक

सिंहदरवारमा बसेको अन्तरप्रदेश परिषद बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्री सहित सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री, केन्द्र सरकारका मन्त्री र मुख्यमन्त्री सहित अन्तरप्रदेश परिषद बैठक बसेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरप्रदेश परिषद बैठक बोलाएका हुन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थलगायतका मन्त्रीहरुलगायतका सहभागी हुने बैठकमा संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा हुने छ।

स्रोतका अनुसार बैठकमा  मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा भएका प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन्।  मुख्यमन्त्रीहरुले आफ्नो धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्।

 

 

प्रकाशित: २३ मंसिर २०७५ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App