coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लिगलिगे दौडमा पहिलो हुनेलाई श्रीपेच !

गोरखा–हरेक वर्षहुँदै आएको गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड यस वर्ष असोज २१ गते हुने भएको छ। दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा पचास हजार पाँच सय पाँच रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

गोरखा सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक लिगलिग कोट बिकास अभियानले यो वर्ष सातौँ दौड प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो। प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३० हजार तीन सय पाँच, तेस्रो हुनेलाई २० हजार दुई सय पाँच, चौथोलाई दश हजार एक सय पाँच, पाचौं हुनेलाई पाँच हजार पाँच, तीन हजार पाँच, सातौँ हुनेलाई दुई हजार पाँच रुपैयाँ नगद पुरस्कारको साथमा मेडल प्रमाण पत्र पुरस्कार दिइने आयोजक समितिका अध्यक्ष पूर्णबहादुर रानाले बताए।

बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड गोरखाको इतिहास जगर्नेना गर्न बिगत सात वर्ष यता हुँदै आएको छ। हरेक वर्ष बिजयादशमीको अवसर पारेर गरिँदै आएको प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट दौड सुरु गरेर करिब १३ किलोमिटर दूरी दौडेर गिललिग कोटसम्म पुग्नुपर्छ। जो पहिले पुग्छ उसले पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहिरिनेछ। त्यस्तै महिलाहरुको खुल्ला र लिगलिगबासीकालागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि गरिने छ।

सहभागीहुने बिदेशीले पाँच हजार, नेपाली पुरुष एक हजार र महिलाले पाँच सय रुपैयाँ तिरेर नाम दर्ता गराउनुपर्नेछ । लिगलिगकोट र आसपासको क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि लोपहुने अवस्थामा पुगेको लिगलिगे दौड पुन सुरु गरिएको बिकास अभियानका अध्यक्ष रानाले बताए। दौडका लागि १४ लाख रुपैयाँ खर्च हुने र पाँच लाख पर्यटन बोर्डले दिने, एक लाख पालुङ्टार नगरपालिका र अन्य खर्च बिभिन्न संघ संस्था, सहयोगीबाट संकलन गरिने आयोजकले जनाएको छ।

 

प्रकाशित: १२ आश्विन २०७३ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App