coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

संवेदनशील अंग र संवेदनाशून्य राज्य

नारीलाई देवी शक्ति, मातृ शक्ति र सृष्टि जननीको उच्च कोटिका रूपमा लिने गरिन्छ। परापूर्व कालमा नारीलाई देवताको उपनामबाट चिनाई पूजा आराधन गर्ने गरेका प्रशस्त उदाहरण छन्।

नारीलाई आत्मसम्मान दिएर बुझिने विभिन्न शब्दहरूमा आजभोलि नकारात्मक कर्महरूसँगै समाप्त हुँदै गएका छन्। जसले गर्दा नारीले गर्ने हरेक काममा कठिन परिस्थिति आउने गरको छ। नारीमाथि हिंसात्मक क्रियाकलाप बढ्दै छन्। नारीलाई देवता सम्झी पुज्ने तर उनीहरूको संवेदनशील अंगहरूमा छुन नदिएको भन्दै राक्षसी व्यवहार भएका पुरुषहरूबाट धेरै नारीले अकालमा ज्यान गुमाउनुपरेको छ। उसै भनिएको होइन, संवेदनशील अंग। संवेदनशील अंगमाथिको प्रहारमा खै संवेदनशीलता ? संवेदनाशून्य छौ त ए समाज ?  

प्रत्येक नारीको मर्मलाई कुल्चिँँदै उनीहरूको रूप–रंगमा गिद्देनजर लगाउनेले गर्दा आज नारीको अस्तित्व गुम्दै गएको छ। नारीलाई पुज्नुभन्दा नारीको भावनालाई बुझ्नु आवश्यक छ। समानताको नाराले मात्रै हुँदैन, व्यवहारमा देखाउनु पर्छ।
नारी आवाजलाई मन्दिरमा राखेको मूर्ति नबनाई नारीको आवाजलाई संसारभर गुञ्जायमान बनाउनुपर्छ। नारीका अधिकार नारामा मात्रै सीमित गरी नारीप्रति अपमान गर्ने गरिएको छ। नारीको अधिकार संविधानका धाराहरूमा सजाउनका लागि बनेको अधिकार मात्र जस्ता छन्।

नारी कर्मचारी आफ्नो जागिर नै गुम्ने डरले हिंसा लुकाउन बाध्य छन्। समस्या लुकाएर बस्ने परिपाटीले गर्दा नारीका समस्या झनै जटिल बनेका छन्। राक्षसी रूप धारण गरेका यौनका भोका केही पुरुषले नारीको अस्तित्वमाथि नै संकट उत्पन्न गराएका छन्।

नारीलाई बजारको सस्तो खेलौनाका रूपमा समाजले किन लिने गरेको छ ? नारीमाथि अनेक किसिमका लान्छना किन ? नारीलाई दाइजोको निहुँमा जिउँदै जलाउने कहिलेसम्म। बोक्सीको आरोप लगाई अपमान कहिलेसम्म ? पुरुष विदेश गएर घर फर्कंदा कसैले केही भन्दैनन् तर एउटा नारी विदेशमा गएर काम गरेर घर फर्कंदा ऊमाथि शंका–उपशंका गरी मानसिक तनाव किन ? परिवर्तनका लागि सकारात्मक सन्देश दिने खालका कार्यक्रमहरू ल्याउनुपर्छ। समतामूलक सोच चाहिन्छ।

प्रकाशित: २३ मंसिर २०७५ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App