फिल्म दृष्टि : आफ्नै मन्दिरको मीठो ‘प्रसाद’

आइतबार, २३ मङि्सर २०७५, ०९ : १९ अनिल यादव  | @aniljournalist

2421


‘कस्तो लाग्यो फिल्म ?’
‘खासै लागेन, ठीकै मात्र।’
‘के पुगेन ?’

‘मसलै पुगेन। न फाइट, न रोमान्स, न रोनाधोना।’

हलमा प्रदर्शनरत फिल्म ‘प्रसाद’ हेरिसकेपछि एक सहकर्मीले शनिबार फिल्मबारे मलाई दिएको प्रतिक्रिया हो, यो। उनी गलत छैनन् किनभने ‘प्रसाद’मा उनले खोजेजस्तो मसला छैन। तर यदि तपाईं सिनेमामा आफ्नै वरिपरिको समाज र कथा खोज्नुहुन्छ र यदि सिनेमालाई कथामार्फत समाजको यथार्थ झल्काउने दृश्य भाषाको बलशाली माध्यम ठान्नुहुन्छ भने ‘प्रसाद’ पक्कै तपार्इंकै रुचिअनुसारको स्वाद हो।   

यो फिल्ममा न छरपस्ट पात्रहरू छन्, न अनावश्यक पात्रहरूको भिड छ। जम्माजम्मी तीन पात्र वरिपरि फिल्म घुमेको छ। दलित परिवारमा हुर्किएका बाबुराम परियार (विपिन कार्की), वडाध्यक्षकी छोरी नारायणी (नम्रता श्रेष्ठ) र गाउँकै हुनेखाने र चतुर रमेश (निश्चल बस्नेत)।

यो फिल्मका दुई विषय भने बहसका निम्ति आवश्यक देखिन्छ। पहिलो, नारायणी बलात्कृत भएपछिको मौनता र दोस्रो ‘प्रसाद’को अर्थ। मौनता स्वाभाविक रूपमा स्वीकार्य होइन। तर यहाँ लेखक र निर्देशकले दबिएका आवाजलाई प्रतिनिधित्व गर्न खोजेजस्तो देखिन्छ।

कथित तल्लो जातका बाबुरामले कथित उपल्लो जातकी नारायणीलाई गाउँबाट भगाएर सहर (काठमाडौँ) ल्याएसँगै सुरु हुन्छ यो फिल्मको कथा र उनीहरूको संघर्ष। दुवै एकअर्कालाई औधी प्रेम गर्छन्। दुवै हाँसीखुसी जीवन कटाइरहेका हुन्छन्। यत्तिकैमा उनीहरूको हाँसोमा ब्रेक लाग्छ, जब उनीहरूमा निःसन्तानको समस्या देखापर्छ। त्यसमाथि जब बाबुरामको भेट गाउँका साथी रमेशसँग हुन्छ र रमेशले उनकै श्रीमतीलाई गिद्दे नजर लाउन थाल्छ, त्यसपछि उत्पन्न हुने परिस्थितिसँगै द्वन्द्व अघि बढ्छ। यिनै द्वन्द्वबीच निःसन्तान जोडीले गर्ने संघर्ष नै फिल्मको कथा हो।

यो फिल्मले १९ औँ शताब्दीको अन्त्य र २० औँ शताब्दीको सुरुवाततिर प्रचलनमा आएको मनोवैज्ञानिक यथार्थवाद लेखन शैलीलाई आत्मसात् गरेको छ। फिल्मले क्यारेक्टरप्रधान रहेर निःसन्तान जोडीकोे कन्टेन्ट भनेको छ। यो फिल्म हेर्दै गर्दा हेपिएको समुदाय दलित अनि त्यसमाथि निःसन्तान हुँदाको रहनसहन, अन्तर्विचार, संघर्ष, पीडा, प्रेम, आवेग सबैलाई दर्शकले गहिराइमा महसुस गर्छन्। फिल्ममात्रै होइन, आफ्नै वरिपरिकै पात्र र परिवेश पनि हेरिरहेको आभास गर्छन्। निर्देशकले पात्रको मनोविज्ञानलाई दर्शकसँग साक्षात्कार गराउन  स–साना कुरामा पनि ध्यान दिएका छन्। फिल्ममा पात्रको हिँडाइ, लवाइ, खुवाइलगायत सबै हाउभाउको कलात्मक कैद पाइन्छ।

बीउ र फलको अधिकार भिन्नतामाथि नारायणीले बोल्ने संवादको दृश्य फिल्मको शक्तिशाली दृश्यमध्ये एक हो। यसले दर्शकलाई भावुकमात्रै बनाउँदैन, सोच्न बाध्य बनाउँछ। त्यस्तै द्वन्द्व स्थापित गर्न राखिएका केही दृश्यले पनि दर्शकलाई बहलाउँछ।

निःसन्तान समस्या देखापर्नुअघि निर्देशकले सन्तान आसक्ति झल्काउने जुन दृश्य राखेका छन्, त्यो साँच्चै कलात्मक लाग्छ, मन छुन्छ पनि।  जस्तो, नारायणीले बालबच्चा हेरचाह गर्ने स्कुलमा काम गर्नु र बाबुरामले बच्चाका लागि आफ्नै मेसिनमा कपडा सिलाउनु।

यो फिल्मको सबैभन्दा सुन्दर पक्ष भनेकै मौलिक पटकथा हो। यसका लागि प्रशंसाका हकदार छन्, सुशील पौडेल। पत्रकारितामा सक्रिय उनको यो पहिलो फिल्म लेखन हो। पटकथाको विकास र पात्रहरूको चरित्रचित्रणमा उनले गरेको मिहिनेत नेपाली फिल्ममा अहिले भइरहेको खोजी पनि हो।

अर्को लोभलाग्दो पक्ष, कलाकारको अभिनय पनि हो। आफूलाई सधैँ फरक भूमिकामा सफल उभ्याउँदै आइरहेका अभिनेता विपिन कार्कीले यसपालि बाबुराममार्फत आफूलाई अझ बलियो साबित गरेका छन्। यस्तो शक्तिशाली अभिनयले उनको फिल्मी भविष्य सुन्दर देखाउँछ।

प्रायः सहरिया युवतीको क्यारेक्टरमा देखा परिरहेकी नम्रता श्रेष्ठ यसपालि गाउँले युवतीको भूमिकामा छिन्, तर ‘पर्फेक्ट’। यो फिल्म उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय हो। बलियो अभिनयकै कारण उनले टाउकोमा लगाएको ‘विग’लाई समेत दर्शकले भुलिदिन्छन्। त्यस्तै, यसपालि निश्चल बस्नेतको अभिनयमा पनि ‘ग्रोथ’ देखिन्छ।

प्रायः लभस्टोरी सिनेमा निर्देशन गर्दै आइरहेका निर्देशक दिनेश राउतको फरक प्रयास हो, ‘प्रसाद’। तर यसमा उनी कमजोर देखिएनन्, सम्भावना बलियो देखाए। सिनेमालाई उनले अझ गम्भीरतापूर्वक लिन थालेको महसुस भयो।

फिल्मको अर्को तारिफयोग्य पाटो यसको पाश्र्वध्वनि पनि हो। कथा र पात्रको मुडअनुसार सिर्जित ध्वनिले दृश्यलाई जीवन्त देखाएको छ। ‘लै लै’ र ‘वनकी चरी’ कथाको लय नबिगारी आउँछन् र दर्शकको मनमा बस्छन्।

मनोवैज्ञानिक यथार्थवादलाई अँगालेका सिनेमामा सिनेमाटोग्राफीको भूमिका अहम् हुन्छ। राजेश श्रेष्ठको खिचाइ कथा र दृश्यको भावानुकूल नै छ।  

यति हुँदाहुँदै फिल्म कमजोरीमुक्त भने होइन। द्रुत गति लिन नसक्दा पहिलो हाफ थोरै अल्मलिएको र लामो महसुस हुन्छ। तर फेरि दोस्रो हाफमा फिल्मले सही गति समात्छ। त्यस्तै केही–केही दृश्यमा आवश्यकताविनै संवादको प्रयोग हुँदा दर्शकलाई चर्को लाग्छ। कतैकतै डबिङमा पनि समस्या छ।

यो फिल्मका दुई विषय भने बहसका निम्ति आवश्यक देखिन्छ। पहिलो, नारायणी बलात्कृत भएपछिको मौनता र दोस्रो ‘प्रसाद’को अर्थ। मौनता स्वाभाविक रूपमा स्वीकार्य होइन। तर यहाँ लेखक र निर्देशकले दबिएका आवाजलाई प्रतिनिधित्व गर्न खोजेजस्तो देखिन्छ। दोस्रो, निर्देशकले अन्त्यमा जे कुरालाई ‘प्रसाद’का रूपमा अथ्र्याएका छन्, त्यो सही/गलत बहस हुन जरुरी छ।

धेरै नेपाली फिल्महरू यस्ता बन्छन् जसलाई दर्शकले गर्न सक्ने एउटै कुरा हो– उपेक्षा। तर ‘प्रसाद’ बाहिरबाट आयातित होइन, आफ्नै मन्दिरमा बनेको मीठो र मौलिक उत्पादन हो। यसमा मिठाइ पनि आफ्नै छ, मूर्ति पनि आफ्नै छ र पूजारी पनि। सकेसम्म उपेक्षा नगरेकै बेस। अझ विपिन र नम्रताका फ्यानले नछुटाएकै उत्तम।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...