coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुधमा पूर्वाञ्चल आत्मनिर्भर, उत्पादनमा मोरङ अगाडि

विनाेद सुवेदी

विराटनगर–पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध उत्पादन भएको छ। आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएको क्षेत्रीय पशु सेवा  निर्देशनालय विराटनगरले जनाएको छ ।

केही बर्ष पहिलेसम्म पूर्वाञ्चलका जिल्लाहरूमा इलाम दुध उत्पादनमा अगाडि थियो। मोरङमा व्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढेस“गै यहा“ दुध उत्पादन पनि उल्लेख्यमात्रामा बढेको छ। इलामबाट दुध आयात गर्ने मोरङ दुध निर्यात गर्ने स्थितिमा आइपुगिसकेको छ। 

पूर्वमा दोस्रो धेरै दुध उत्पादन हुने जिल्ला इलाम भएको छ।  गत आर्थिक बर्षमा इलाममा १ लाख २१ हजार ५ सय ६२ मेट्रिकटन दुध उतपादन भएको छ। यस्तै तेस्रो धेरै दुध उत्पादन हुने जिल्ला सिरहा भएको छ । सिरहामा  १ लाख ३ हजार २ सय ८८ मेट्रीकटन दुध उत्पादन भएको छ ।

पाँचथरमा ३६ हजार ४ सय ९४ मेट्रिकटन, झापामा ९३ हजार ९, सुनसरीमा ४२ हजार ८ सय ५८,धनकुटामा ७ हजार २ सय ९०,तेह्रथुममा २ हजार, संखुवासभामा ११ हजार ६ सय ८६ मेट्रिकटन दुध उत्पादन भएको छ। यस्तै भोजपुरमा १३ हजार १ सय २१ मेट्रिकटन, सोलुुम्बुमा ८ हजार ६ सय ५९,खोटाङमा १९ हजार ३ सय ८०,उदयपुरमा ८१ हजार ४ सय ४ र सप्तरीमा ४१ हजार ८ सय ८२ मेट्रीकटन दुध उत्पादन भएको छ ।

पूर्वाञ्चलमा उत्पादन भएको दुधले यहा“को जनसंख्यालाई प्रतिव्यक्ती प्रतिवर्ष १ सय २५ लिटरका दरले उपभोग गर्न पुग्छ । नेपालको राष्ट्रिय मापदण्ड प्रतिव्यक्ती प्रतिबर्ष ९१ लिटर रहेको छ। पूर्वाञ्चलमा सबैभन्दा कम तेह्रथुममा दुध उत्पादन हुने गरेको छ।

 तेह्रथुममा बार्षिक २ हजार मेट्रिकटनमात्रै दुध उतपादन हुने गरेको छ। यहा“ मापदण्ड भन्दा प्रतिव्यक्ति प्रतिवर्ष ३४ लिटर बढी दुध उत्पादन हुन थालेको छ । मापदण्ड भन्दा बढी दुध उत्पादन हुनथालेका कारण दुध उत्पादनमा पूर्वाञ्चल आत्मनिर्भर भइसकेको पूर्वाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालय  पशुविकास अधिकृत कुमार संग्रौलाले जानकारी दिए। 

तथ्याङक अनुसार गतआर्थिक वर्ष  पूर्वाञ्चलमा गाई गोरुको संख्या २५ लाख ८१ हजार ३ सय ६४ वटा छन्  भने  रा“गा भैंसीको संख्या ११ लाख ६ हजार १ सय ७१ वटा छ। भैंसी भन्दा गाइपालनमा पूर्वाञ्चलका किसान आकर्षित भएको तथ्याङ्कले देखाउ“छ। उन्नत जातका गाईले धेरै दुध दिने र भैंसी पाल्न भन्दा कम लागत लाग्ने भएकाले गाइपालनमा किसानको आकर्षण बढेको पशु विज्ञहरू बताउ“छन्।

 

प्रकाशित: १२ आश्विन २०७३ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App