coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

समाजसेवामा सेना : दलित विद्यार्थीलाई शैक्षिक सहयोग

रोल्पा– कक्षा २ कि छात्रा पुजा नेपाली नयाँ स्वीटर, स्कुल र स्टेसनरी ब्याग पाउँदा दंग थिइन। जाडो महिना भएपनि गरिबीका कारण न्यानो कपडा विना विद्यालय जाने पुजा जस्तै अन्य १०२ जना बिद्यार्थीको अनुहार उज्यालो देखिन्थ्यो। ‘यसपालीको जाडो राम्रो हुने भो। चिसोमा लगाउने स्वीटर, नयाँ ब्याग र कापी कलम पनि पाएका छौं’, छात्र अभिषेक सुनारले भने। उनीजस्तै सबैको एउटै धारणा थियो ‘यसपालीको जाडोमा सहज हुने भयो।’

आफ्नो बुवा स्व. यज्ञबहादुर गुरुङको तेश्रो स्मृतीमा रोल्पा सदरमुकामस्थित रहेको खड्ग दल गणका प्रमुख, गणपती कर्णेल अजय गुरुङले रोल्पा घोडागाउँमा रहेको एक दलित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ब्यक्तिगत रुपमा शैक्षिक सहयोग गरेका छन्। एक औपचारिक कार्यक्रमका बीच उनले कम्प्युटर १ थान, लो टेवल ५ थान, स्वीटर एक सय एक थान, स्कुल ब्याग एक सय एक थान, एक सय दुई बिद्यार्थीका लागि स्टेशनरी, -याक १ थान, दराज १ थान र हृवाईट बोर्ड एक थान विद्यालय र विद्यार्थीलाई सहयोग गरेका हुन।

दलित बिद्यार्थीले मात्र पढ्ने जन एकता प्राबिमा एक जना बाहेक सबै शिक्षक पनि दलित नै छन्। आर्थिक अभावमा बडो कठिनताका साथ सञ्चालनमा रहेका उक्त विद्यालयमा अति विपन्न परिवारका बालबालिकाहरुले पढ्ने गर्दछन्। ‘आर्मी सरले आफ्नो बुवाको स्मृतीमा हामीलाई सहयोग गर्नु भएको रे। टाढाबाट धेरै समय हिडेर स्कुल आउछौं। चिसोमा लगाउने स्वीटर, स्कुल आउँदा बोक्ने ब्याग, अनि कापि कलम पनि दिनु भएको छ। हामी सबै खुसी छौं’, छात्रा बिपना नेपालीले भनिन्, ‘उहाँलाई राम्रो होस।’

खड्ग दल गणका गणपती अजय गुरुङको सहयोगप्रति बिद्यार्थी जस्तै अभिभावक पनि खुसी छन्। बढ्दै गरेको जाडोमा बिद्यालय जाँदा छोराछोरी न्यानो स्वीटर लगाएर जान पाउने भए पछि उनीहरु रमाएका हुन। ‘आर्मी सरले हाम्रा केटाकेटीलाई माया मानेर चिसोमा लगाउने स्वीटर, स्कुल आउँदा बोक्ने ब्याग अनि कापि कलम पनि दिनु भएछ। हामीलाई पनि सजिलो भयो। यस्तो जाडो छ। ऋण गरेर भए पनि किनिदिनु पर्ला भनेको थिए अब त ढुक्क भो। उहाँ जस्तै हुनेले धेरै लोभ नगरेर ठुलो मन बनाए त गरिबलाई पनि सजिलो हुन्थ्यो।’

आफ्नो सरकारी काम बाहेक जिल्लामा समाज सेवामा समेत चासो दिने गुरुङले गत साल रोल्पाको खुमेलमा ‘समाज घर’ पनि निर्माण गरेको एक सैनिक अधिकृतले बताए। ‘उहाँ ‐कर्णेल गुरुङ)ले मान्छे सामाजिक र सहयोगी हुनुपर्ने भन्ने गर्नु हुन्छ। पोहर पनि आफ्नै खर्चमा खुमेलमा समाज घर बनाउनु भएको थियो। अहिले जनएकता प्राबि घोडागाउँका सबै बिद्यार्थीलाई शैक्षिक सहयोग गर्नु भएको छ।’

कर्णेल गुरुङले सदरमुकाममा साथीभाई संगको गफगाफमा घोडागाउँको जनएकता प्राबि बिद्यार्थीहरु सकसमा रहेको सुनेकाले सहयोग गर्ने सोंच आएको बताउँछन। ‘बुवाको स्मृतिमा कतै कुनै सहयोग गर्नुपर्छ भन्ने लागेको थियो। यहाँ ‐घोडागाउँमा) दलित बिद्यालयमा विद्यार्थी र विद्यालय समस्यामा रहेको थाहा पाएपछि सानो सहयोग भएपनि गर्नुपर्छ भनेर सामग्री प्रदान गरेको हुँ।’

गरिब दलितहरुका बच्चाले मात्र पढ्ने यो बिद्यालयमा सहयोग पाएसंगै बिद्यार्थीहरु स्कुल आउने क्रम बढेको विद्यालयका प्रधानाध्यापक नुम प्रशाद शर्माले बताए। ‘विद्यार्थीहरु एकदम खुसी छन्। गरिब परिवारका उनीहरुलाई चिसोमा असाध्यै समस्या पर्ने गर्दथ्यो। हिजो आज त केटाकेटीको बिद्यालय आउने संख्या पनि बढेको छ।’ जनएकता प्राबिमा शिशुदेखि कक्षा ३ सम्म पठनपाठन हुने गर्दछ।

प्रकाशित: २२ मंसिर २०७५ १५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App