coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियल मड्रिड बराबरीमा रोकियो, लेस्टरको लगातार दोस्रो जित

मड्रिड–युरोपियन च्याम्पियन्स् लिग युइएफए अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बराबरीमा रोकिँदा प्रिमियर लिग विजेता लेस्टर सिटीले भने लगातार दोस्रो जित हात पारेको छ।

गए  राति सम्पन्न  खेलमा रियल मड्रिड जर्मन टोली बोरुसिया डर्टमनसँग २–२ गोलको बराबरीमा रोकिएको हो। खेलमा दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो।  खेलको १७ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको ४३ औं मिनेटमा डर्टमनका पिरी इमरिक औवामियाङले गोल गर्दै खेललाई  १–१ गोलको बराबरीमा ल्याएका थिए। खेलको ६८ औं मिनेटमा रियलका राफेल भारानले टोलीलाई पुन अग्रता दिलाएका थिए तर खेलको ८७ औं मिनेटमा आन्द्रे स्कुरीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र रियल मड्रिड बोरुसिया डर्टमनसँग अंक बाढ्न बाध्य भयो ।

च्याम्पियन्स् लिग अन्तर्गत मंगलबार नेै सम्पन्न अर्को खेलमा लेस्टर सिटीले एफसी  पोर्टोलाई १–० गोल अन्तरले पराजित गरेको छ।
लेस्टरलाई लगातार दोस्रो जित दिलाउने क्रममा खेलको २५ औं मिनेटमा इस्लाम स्लिमानीले गरेको गोल नै निर्णयक सावित भयो।

त्यस्तै हिजै सम्पन्न अन्य खेलमा युभेन्टसले डाइनामो जागेरेबलाई ४–० ले पराजित गर्दा टोटनह्याले सिए एस के मस्कोलाई १–० ले पराजिग गर्यो । त्यस्तै सेभिल्लाले लियोलाई १–० ले पराजित गर्दा मोनाको र बार्यन लिभरकुजले भने १–१ गोलको बराबरी खेलेका छन्।

 

प्रकाशित: १२ आश्विन २०७३ ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App