७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

तस्बिर : एजेन्सी

इस्लामावाद - पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ। सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गर्ने शनिबार घोषणा गरेको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्था अनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था गरिएको बताए। हरेक शनिबार बिहान ९ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म कार्यालयमा प्रवेश गर्न दिने निर्णय भएको उनले जानकारी दिए। पाकिस्तानको सत्तारुढ दल ताहरिक ए इन्साफले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार यस्तो व्यवस्था गरेकाे हो।

निर्वाचनको समयमा सो पार्टीले आफूले निर्वाचन जिते सरकारी सबै भवन तथा कार्यालयहरुमा सर्वसाधारणको सहज पहुँच हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो। सरकारले देशको पूर्वी क्षेत्रमा रहेको पञ्जाब, दक्षिण क्षेत्रमा रहेको सिन्ध र उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुन्खवा प्रान्तका गभर्नरका कार्यालयहरु भने यसअघि नै सर्वसाधारणका लागि खुल्ला गरिसकेको छ। उच्च सुरक्षा सतर्कतामा राखिएको र संवेदनशील मानिएको राष्ट्रपति कार्यालय यसअघि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको थियो। 

प्रकाशित: २२ मंसिर २०७५ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App