८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान कार्यान्वयनमा अझै चुनौती छः राष्ट्रपति भण्डारी

तस्बिरः रासस

रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारीले  संविधान कार्यान्वयनमा अझै चुनौती रहेको औल्याएकी छन्। आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई पुगेको तर समग्र विकास र समृद्धिका ढोका खुले पनि कार्यभार भने अझै पूरा भई नसकेकाे टिप्पणाी गरिन्।

 ‘आर्थिक सामाजिक रूपान्तरणद्वारा स्वाधीन, समुन्नत राष्ट्रको निर्माण गर्ने जनताको चाहना पूरा गर्न देशभित्रका जिम्मेवार राजनीतिक दल र आम समुदायको एकता अझै आवश्यक छ, उनले भनिन,‘ संविधानसभाद्वारा जनताको चाहना अनुरूप बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयनमा चुनौती कायमै छन्।’

बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्नुपर्ने धारणा राखेकी छन्। राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको बताइन्। 

गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गरिन्।

गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभ नै लोकप्रिय भएको पनि बताइन्। राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको पनि औल्याइन् । 

यसअघि राष्ट्रपति भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गरेकी थिइन्। समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा नरेशमान बज्राचार्य र प्रा त्रिरत्न मानन्धर, पूर्व रजिष्टार डा पीताम्बरलाल यादव र तीन विद्धानलाई विशेष सम्मान गरिन्।

कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले बौद्ध विश्वविद्यालयले बौद्ध धर्मको प्रचारप्रसारमा योगदान पु¥याउने र विश्वविद्यालयलाई अन्तर्रा्ष्ट्रियस्तरको प्राज्ञिक थलो बनाउन राज्यका केन्द्रीय, प्रदेश र स्थानीय सरकारले योगदान पु¥याउनु पर्नेमा जोड दिएका थिए। 
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्रको रुपमा विकास गर्न सरकार प्राथमिकताका साथ अघि बढेको बताएका थिए। ‘लुम्बिनी गुरुयोजना अगामी तीन वर्षभित्र सम्पन्न गर्न सरकारले ‘ग्लोबल टेण्डर’को माध्यमबाट अघि बढाउन थालेको छ,’ उनले भने। 

प्रकाशित: २२ मंसिर २०७५ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App