६ वैशाख २०८१ बिहीबार
समाज

कटुवा पेस्ताेल सहित दुई युवक पक्राउ

लहान - लहान प्रहरीले लहान नगरापालिका–४ बाट दुई थान कटुवा पेस्ताेल सहित दुई जना युवकलाई पक्राउ गरेको छ। शुक्रबार साँझ प्रहरीले विशेष सुचनाका अाधारमा २४ वर्षीय रञ्जित यादव र लहान–५ का २६ वर्षीय रामचन्द्र पासवानलाई पक्राउ गरेको हाे।

रञ्जितको घरमा चेकजाँच गर्दा दुई थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली बरामद भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए। खाद्यान्नको बोरामा  लुकाएर राखेको दुई थान कटुवा पेस्तोल र गोली सहित यादव र पासवानलाई पक्राउ गरिएको थापाले बताए। पक्राउ परेकाहरुको अपराधिक पृष्ठभूमीबारे अहिले खुलिनसकेको उनले बताए। दुबैलाई आइतबार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी कारबाही चलाउने थापाले बताए। 

 

प्रकाशित: २२ मंसिर २०७५ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App