coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपामा समयको महत्व, चार नेताले गरे बैठक बहिस्कार

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन्। आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाइएको थियो। बैठक बहिस्कार गर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम रहेका छन्।

समयमै बैठक सुरु नभएकाले आफुहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकका लागि १५ मिनेट कुर्ने समयमै सुरु नभए हिँड्ने गरेको उनले बताए। सबै नेताहरु समयमै आउनु पर्नेमा उनले जोड दिए।

बैठकमा आउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ढिला गर्ने गरेको नेताहरुले आरोप लगाउँदै आएका छन्। लामो समयदेखि नेकपाको पोलिटव्युरो र केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

 

प्रकाशित: २२ मंसिर २०७५ ११:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App