५ वैशाख २०८१ बुधबार
अर्थ

व्यवसायीका जायज काममा हस्तक्षेप हुँदैन: मन्त्री महासेठ

फाइल तस्बिर

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।

नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजित प्रभातफेरीमा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए। देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै रहेकोभन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे। ‘विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन,’ मन्त्री महासेठले भने।

उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया सुरु भइसकेको जानकारीे पनि दिए।महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको बताए।

अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन महासघ प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए। प्रभातफेरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै अनामनगरस्थित महासङ्घको सचिवलाय पुगेर टुङ्गिएको थियो। 

 

प्रकाशित: २२ मंसिर २०७५ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App