७ वैशाख २०८१ शुक्रबार
अर्थ

योजना कार्यान्वयनमा निर्मम बनौँ: डा. भट्टराई

खोटाङ –पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्ममतापूर्वक योजना कार्यान्वयनमा लाग्न सके मात्र स्थानीय तहले सफलता प्राप्त गर्ने बताएका छन्।

जिल्ला समन्वय समिति खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री डा. भट्टराईले सडक फराकिलो बनाउने क्रममा काठ्माण्डौंमा डोजर लगाएजस्तो हिम्मतका साथ काम गर्न सके मात्र स्थानीय तहले आफ्नो योजना कार्यान्वयन गर्न सक्ने सुझाव दिए।

 स्थानीय सरकारको अपेक्षित सफलता प्राप्तीका लागि नातागोता, आफ्नो पार्टीका कार्यकर्ताप्रति आँखा चिम्लेर निर्मम हुन सक्नुपर्ने डा. भट्टराईको भनाई थियो। ‘आफ्नो नातागोता, आफ्नो पार्टीका परेछ नगर्दिम न त भन्न थाल्नु भो भने योजना कार्यान्वयन पटक्कै हुँदैन। आँखा मसक्क चिम्लिेर लाग्नुप¥यो,’ नयाँ शक्तीका संयोजक रहेका भट्टराईले भने, ‘यस्ता बिषयमा चुनावी स्वार्थ हेरियो भने कुरा बिग्रिहाल्छ। यसमा निर्मम हुनैपर्छ। मुख्यारुपमा आफ्नै पार्टीका साथीहरुप्रति निर्मम हुन सक्नुप¥यो। त्यो हुन सक्नु भयो भने स्थानीय सरकारलाई अघि लान सक्नुहुन्छ।’

पाँच दिनका लागि गत बुधबार साँझ खोटाङ आएका भट्टराईले जनताको प्रत्यक्ष सहभागीताबीना जुनसुकै ठाउँको बिकास र संबृद्धि सम्भव नहुने भएकाले जनसहभागीतालाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्।

जनसहभागिताको अभावकै कारण पञ्चायत कालमा विकास हुन नसकेको उल्लेख गर्दै भट्टराईले विकास र समृद्धिमा जनतालाई सँगै जोड्न सक्नुपर्ने बताए।

भट्टराईले भू–उपयोगमा अहिलेसम्म उचित योजना बनाउन नसक्दा अधिकांश स्थानीय तह भद्रगोल हुन पुगेको बताए। कृषिप्रधान देशमा ‘ल्यण्ड युज प्लान’ अनिवार्य आवश्यकता भएको उनले उल्लेख गरे। ‘हाम्रो मुख्या स्रोत नै जमिन भएकाले सबैभन्दा पहिले नगरपालिका र गाउँपालिकाले जमिन उपयोगको योजना बनाउनुपर्छ,’ भट्टराईले भने, ‘कुन क्षेत्रमा कृषिजन्य कार्य गर्ने, कुन क्षेत्रमा बनजंगलको काम गर्ने, कुन ठाउँमा रेजिडेन्सियल, कहाँ व्यवसायिक काम, कहाँ प्रशासनिक क्षेत्र बनाउने भन्ने कुराको राम्रोसँग प्लान नहुँदाखेरी भद्रगोल भइरहेको छ।’

प्रकाशित: २२ मंसिर २०७५ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App