७ वैशाख २०८१ शुक्रबार
समाज

बेपत्ता युवती १३ दिनपछि मृत फेला

पर्वत - पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो। 

उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए। शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ। 

मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो। पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन्। त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् । रासस

प्रकाशित: २२ मंसिर २०७५ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App