८ वैशाख २०८१ शनिबार
समाज

दश दिनदेखि वृद्ध बेपत्ता

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–९ जब्गादी बस्ने ६० वर्षीय वृद्ध प्रेमबहादुर सार्की दश दिनदेखि बेपत्ता भएका छन्। मङ्सिर १३ गते बिहान घरबाट रामपुरको बेझाडमा रहेको मेघा बैंकमा जान भनी हिडेका र बैंकमा काम सकिएपछि हालसम्म फेला नपरेको पारिवारिक स्रोतले जनाएको छ।

 आफन्त छरछिमेककहाँ खोजी गर्दा अहिलेसम्म फेला पर्न नसकेको स्थानीयवासी ज्ञानबहादुर गाहाले बताए। चार दिन अगाडि सिलुवाको विद्युत् सवस्टेशन अगाडि नेपाली नगारिकता, मेघा बैंकको चेकबुक र पासपोर्ट साइजको फोटोसहितको झोला फेला परेको उनले बताए।

उनकी श्रीमती उपचारका क्रममा भारतमा रहेकी र बुहारी, नाति नातिनीको साथमा बस्दै आएका छन्। करीब साढे पाँच फुट अग्लो, गहुँगोरो, माथिल्लो ओठमा कालो कोठी भएको, पहेँलो धर्का भएको निलो ज्याकेट, कालो पाइन्ट, चप्पल लगाएका वृद्ध प्रेमबहादुर सार्कीलाई खोजी गरिदिन परिवारले सबैसँग अनुरोध गरेको छ।रासस

 

प्रकाशित: २२ मंसिर २०७५ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App