कथा

भर्चुअल लभ

शनिबार, २२ मङि्सर २०७५, ११ : ३८ सुमन घिमिरे

म्यानह्याटनको ट्वान्टी थर्ड स्ट्रिटको माथिल्लो तलामा रहेको स्टार बक्समा दिनको १२ बजे भेट्ने उनको टेक्सट पाउनेबित्तिकै म दाह्री र कपाल काट्न सैलुनतिर लागें। १० बजेको थियो। प्रायः दाह्री घरमै काट्थे। तर, आज मनले मानेन। शुक्रबार भएर होला, सैलुनमा निकै भीड थियो। पहिलो पटक भेट्न जान लागेर पनि होला, मनमा थप उत्साह थियो, चिरिच्याँट्ट परेर जान मन लाग्यो। सडकको जाम उस्तै थियो, जसोतसो गर्दागर्दै एक घण्टा ढिलो, म १ बजे मात्र त्यहाँ पुगें। उनी अर्थात् अनामिका कालो टप्स र निलो जिन्समा मोबाइल हेर्दै मेरै प्रतीक्षामा बसेकी थिइन्। हाई ! मैले उनलाई लक्षित गर्दै परबाटै हात हल्लाएँ। उनी मुस्कुराइन्। नजिकै पुगेपछि मैले भनें– सरी। ‘इटस् ओके, निरज’, उनले भनिन्।

अनामिकासँगको भेट भर्चुअल संसारमै भएको थियो। एक दिन मेरो मोबाइल फोनमा नयाँ नम्बरबाट फोन आएको थियो। कहिले नसुनेको आवाज। को बोलेको भनेर म सोध्दै थिएँ। उताबाट एकाएक आक्रोसका शब्द बर्सिन थाले।  त्यो पनि नेपालीमै।

‘कस्तो नचिनेको। अब बिर्सियौ होइन। ब्रेक अप भाको दुई दिनमै बिर्सिने ?,’ मलाई अनौठो लाग्दै थियो उनका वाक्य। मानांै ऊ रिसले त्यो नम्बरवालालाई गाली गर्दै थिई। उनको बोलीमा केही करुणा मिस्सिएको थियो भने त्यो भन्दा धेरै मादकता। बोली पूरै लरबरिएको थियो तैपनि मिठास। उनले भन्न पर्ने सबै कुरा भनिसकेपछि मैले भनें, ‘एक पटक नम्बर हेर त, कोसँग कुरा गर्दैछौं।’

फोन काटियो। म अलमल्लमा परें। टिभीको भोल्युम बढाएँ। अघि फोन गर्ने केटीको मोबाइल नम्बरलाई ‘मिस्टेरियस’ भनेर सेभ गरें।

जनवरीको महिना, न्युयोर्कमा हिउँ परिरहेको थियो। जाडो निकै बढेको थियो। त्यसैले पनि मलाई हिटर प्यारो हुँदै गएको थियो। झन् त्यसमाथि त्यो मिस्टेरियस केटीले गरेको फोनले मेरो ज्यान झनन्न तताएको थियो। भर्खर ब्रेकअप भएर रन्थनिएकी रहेछ त्यो। खेर जे होस् मलाई मतलबको विषय पनि त थिएन। मलाई पनि आफ्नै प्रियसीसँगको ब्रेकअपले शून्य बनाएको थियो। त्यसैले मलाई न प्रेमप्रति, न त प्रेमिकाप्रति झुकाव थियो।

रात सुनसान थियो, म बस्ने अपार्टबाट तल देखिने दृश्य निकै सुन्दर थियो। ल्याम्प पोस्टबाट निस्किएको पहेंला प्रकाशले अझ सौन्दर्य थपेको थियो सडकको। नेपालमा हुँदा पनि कहिलेकाहिँ यसरी नै बाटाहरू हेर्थे। बाटो बारेक अनेकथरी सोच्थें। कसैलाई त्यो बाटोले गन्तव्य पु¥याइदिन्छ त कसैलाई बीचमै अलपत्र पारिदिन्छ।
मान्छेको जीवन पनि बाटो जस्तै हो। भरै छैन, कहाँ पुग्ने। बीचमै पनि टुंगिन सक्छ। त्यही भएर म सधंै जीवन हाइवे भएको हेर्न चाहन्छु।

राती मोबाइल फोनमा म्यासेज आयो। मिस्टेरियसको म्यासेज रहेछ। के लेखी होला त भनेर हेरें। त्यसमा लेखिएको थियो– सरी ! अघि भुलवस फोन गरेछु। मैले मेरो ‘एक्स’लाई फोन गरेको भनेको त हजुरलाई परेछ। मैले गाली गरें, प्लिज एक पटकलाई माफ गरिदिनुस् है।’

शून्यतामा आवाजहरू एकदमै सक्रिय हुँदा रहेछन्। राती मोबाइल फोनमा म्यासेज आयो। मिस्टेरियस्को म्यासेज रहेछ। के लेखी होला त भनेर हेरें। त्यसमा लेखिएको थियो– सरी ! अघि भुलवस फोन गरेछु। मैले मेरो ‘एक्स’लाई फोन गरेको भनेको त हजुरलाई परेछ। मैले गाली गरें, प्लिज एक पटकलाई माफ गरिदिनुस् है।’

म्यासेजको अन्तिममा मिस्टेरियसको नाम पनि अटाएको रहेछ, ‘अनामिका’। मलाई खासै उसको गालीले मन दुखाएको थिएन त्यसैले छोटो म्यासेज पठाएँ, ‘इट्स ओके, ह्याभ अ गुड नाइट।’  

भोेलिपल्ट राती ८ बजे अनामिकाको फोन आयो। आज पनि रक्सीले पूरै मात्तिएकी थिई ऊ। सायद प्रेममा आघात पाएर होला सम्झनालाई पर लैजान यो लतमा लागेकी। उनलाई पक्कै थाहा छ– मदिराले दुःखलाई सदा हटाउन सक्दैन, मदिराले दिने उन्मुक्ति भनेको क्षणिक हो। उसको बोली लरबरिएको थियो।

‘तिम्रो नाम के हो, मैले त बिर्सेछु’, उसले सोधी। उसलाई हिजो मैले आफ्नो नाम भनेको पनि थिइनँ। न त उसले सोध्ने समय नै पाएकी थिई। मैले निरज के मात्र भनेको थिएँ, ऊ हाँस्न थाली। त्यो हाँसोले मेरो खिल्ली उडाएजस्तो लाग्यो। मैले फोन काटिदिएँ।  

तेस्रो दिन पनि फोन र म्यासेज आउने क्रम रोकिएन। यो एउटा नियमित रुटिन बन्न थाल्यो। एक हप्ता पनि नहुँदै मलाई पनि अनामिकासँग बोल्ने मिठो बानी बसेछ। अर्को रूपमा भन्नुपर्दा म एडिक्टेड भएछु। कताकता नदेख्दै नभेट्दै प्रेममा परेछु।

एक दिन अनामिकाले मसँग फेसबुकको आइडी मागी। सायद, ऊ जोडिन चाहन्थी मसँग। मैले तुरुन्तै टेक्स गरिदिएँ। तुरुन्तै फेसबुकमा नोटिफिकेसन आयो। अनामिका शर्माको फेसबुकमा साथीका लागि आग्रह आउँदा स्वीकार गरुँ वा अस्वीकार गरुँ अन्योल थिएँ। अचेल केटीको नाम भएका थुप्रै फेक आइडीहरू साथीहरूको आग्रह पठाउँछन्। चिन्नै मुस्किल। त्यसमाथि उनको त फेसबुकमा कुनै पनि फोटा थिएनन्। त्यही भएर मैले फेसबुक साथीहरूका लागि नियम बनाएको छु। कसैको साथी बन्न आग्रह आयो भने, म्युचअल साथी ५० भन्दा बढी छ भने स्वीकार्ने नत्र नस्वीकार्ने। अनामिका र मेरो म्युचअल साथी त ३९८ रहेछ।

मलाई आफ्नै नियमले बाँध्यो, स्वीकार्न बाध्य भएँ। अनामिकालाई साथी स्वीकार्नेबित्तिकै एउटा म्यासेज तुरुन्त आयो। साथी स्वीकार्नु भएकोमा एकदमै खुसी छु। अरु कुराको लागि पिएममी। यसरी करिब एक महिनासम्म हामी दुईले अनलाइनमै र फोनमै कुरा गर्यौं। र,  आज बल्ल म्यानह्याटनको स्टारबक्समा भेट्ने भनेका हौं। कता–कता भर्चुअल संसारमै हाम्रो माया बसेको थियो।

‘के पिउने ?  जाडो छ, हट ल्याटे नै पिउँ हुन्न’, आग्रह गरें। उनले स्वीकारिन्। यो पहिलो भेट थियो हामीबीचको। म पनि त्यति खुल्न सकेको थिइनँ। उनी पनि। कुरा बल गरेर निकाल्नुपथ्र्याे। फोनमा कुरा गरेजस्तो धारा प्रवाह आउँदैनथ्यो। यो भेटले उनले मेरो र मैले उनको धेरै कुरा जान्ने भन्दा पनि एक–अर्कालाई प्रत्यक्षरूपमा देख्न मात्र मिलेको संयोगजस्तै थियो। करिब एक घण्टाको बसाईपछि हामी छुट्टियौं।

हरेक मानिससँगका भेटहरू फरक–फरक तरिका र कारणले हुन्छन्। र, कसरी, किन यति मिठा हुन्छन् लामो समयसम्म यिनका यादहरू ? मसँग यसको उत्तर छैन। सायद ती भेट हुनका लागि थियो अथवा भनौ आवश्यकताका लागि थियो। हामी हरेक दिन कयौं नयाँ मान्छेहरूलाई भेट्छौ। तर, हामी ती भेटलाई बेवास्ता गर्छौ। सबैलाई सम्झिनै रहने हो भने हाम्रो मस्तिष्कको के होला हालत।

त्यही यात्रामा कोही यति मन पर्छन् कि जीवनभर बिर्सन गाह्रो पर्छ। अनि कति तिनै भेटहरू कति छिट्टै भाँचिन्छन्, मेटिन्छन्, हामी पत्तो पनि पाउँदैनौ। अनामिकासँगको भेट मेरा लागि त्यस्तै अविस्मरणीय बन्यो। अब अनामिकासँग बोल्ने लत बसिसकेको थियो। काममा बाहेक अन्य समय म उसैसँग बोल्न व्यग्र हुन्थें। कुरै कुरामा मलाई एक दिन अनामिकाले आफू कसरी अमेरिका आई भनेर कहानी सुनाइन्।

‘निरज ! मलाई न्युर्योक सहरको जेएफके एअरपोर्टमा ओर्लदा संसार जितेर आएजस्तो भएको थियो। म उभिएको एक्सलेभेटरको सिँढी तल झर्दै गर्दा मैले अरु सबैलाई पछि पारेर दौड प्रतियोगितामा प्रथम भएको अनुभव गरेको थिएँ। इन्ट्री क्लियर गर्न मलाई लगभग एक घण्टा लाग्यो।

‘कति बस्ने त अमेरिका’, इन्ट्रि क्लियरेन्स अफिसरले प्रश्न सोध्दा मैले भनेको थिएँ– चार वर्ष। ‘ल राम्रोसँग पढ्नु’ भनेर मेरो पासपोर्टमा चप गरेको थियो। हलबाट लगेज निकालेर म टर्मिनल वानको ढोकाबाट बाहिरिँदै गर्दा म आफूलाई स्वर्गमा आएको अनुभव गरिरहेको थिएँ ।’  

मसँगै केयुमा पढ्ने मेरो साथी प्रनिता अमेरिका गएको एक वर्ष भएको थियो। हामी केयुमा पढ्दा एउटै बेन्चमा बस्थ्यौं। हाम्रो एउटा गु्रप नै बनेको थियो। म, प्रनिता, प्रबिना र प्राप्ती। सबैले हामीलाई ‘एपि क्युब’ ग्याङ भनेर चिन्थे। मैले प्रनितालाई आफू आउने कुरा ऊसँग बारम्बार भन्ने गर्थे। ओइ, तेरो फ्लाइट डिटेल्स पठान– प्रनिता पनि बारम्बार भन्थी।

म जहिले पनि बेलुकासम्म पठाइदिन्छु भनेर उम्कन्थें। तर, अन्त्यमा मैले प्रनितालाई मेरो इ–टिकट नै पठाइदिएँ। त्यो पनि उड्नुभन्दा दुई दिनअघि मात्र। म ढुक्क थिएँ, प्रनिता लिन आउनेमा। अनामिका भन्दै गई, ‘म एराइभलको अगाडि आइपुग्दा प्रनितालाई दायाँ–बायाँ खोजें। कतै पनि देखिनँ। सायद ढिलो भयो होला भनेर लगेज लिएरै उभिरहें। मेरो अगाडि ट्रेन आउने जाने गरिरहेका थिए। मेरो आँखा यताउता प्रनितालाई खोजिरहेका थिए। एक जना युवक म भएको ठाउँमा आएर ‘आर यु अनामिका’ भनेर सोध्यो।
मैले अकमकिँदै भनें– यस आइ एम।

उसले परिचय दियो– नमस्ते, म चिरन, प्रनिताको साथी। हामी एउटै युनीमा पढ्छौं। आज प्रनिताको रोस्टर चेन्ज भएर ड्युटीमा जान पर्यो। त्यही भएर मलाई रिसिभ गर्न पठाएकी। ए साँच्ची, प्रनिताले त मलाई अनामिका भेट्नेबित्तिकै फोन गर भनेकी थिई। धन्न बिर्सेको।

चिरनले लगाई दिएको फोनमा प्रनितासँग एकछिन गफ गरें र उसँगै म प्रनिताको कोठातिर लागें। टे«नभित्र चिरनसँग सामान्य परिचय भयो। प्रनिता क्विन्समा बस्ने रहिछ। मलाई चिरन न्युर्योकको शहर विभाजनको कुरा भन्दै थियो। क्विन्स, म्यानह्याटन, ब्रुकलिन, ब्र्रन्स आदि।

हामी प्रनिताको कोठामा पुग्यौं। त्यसपछि मेरो अमेरिकी जिन्दगी सुरु भयो। काम पनि पाएँ। कलेज, काम गर्दागर्दै समय बितेको पत्तै भएन। हाम्रो अर्पाटमा चिरन बाक्लै आउँथ्यो। प्रनिताको मिल्ने साथी भएकाले मैले उसको आगमनलाई सहजै स्वीकार्थे। नजानिँदो पारामा म चिरनको मायामा डुब्न थालेछु।

हामीसँगै बस्थेनौ। त्यही भएर भेट कम हुन्थ्यो। प्रायः हामी अनलाइनमै कुरा गथ्र्यौं। म चाहन्थे– ऊ मेरो हरेक आवश्यकतामा नजिक आओस्। उसको फुर्सदिला समयको एक–एक बुँद म उसँग लिन चाहन्थें। तर, ऊ मलाईभन्दा साथीभाइलाई बढी समय दिन्थ्यो।
एक रात १० बजे अनलाइन आउने पक्का गर्यो उसले। मलाई बोल्नभन्दा टाइप गर्नै मनपर्छ। अझ राती आवाज चर्को सुनिन्छन्। कुर्दाकुर्दा ऊ मध्यरातमा अनलाइन आयो। दुई–तीन शब्द लेख्यो, गायब भयो। म आजित भएँ। मैले हाम्रो सम्बन्धमा पूर्णविराम लाग्यो, बाई भनेर टेक्सट लेखें। उसको कुनै प्रतिक्रिया आएन। म पनि सुते। बिहान म उठ्दा उसको लामै म्यासेज आएको रहेछ, इमेलजत्तिकै।

मेरो बिस्ताराको साइडमा प्लिक–प्लिक गर्दै मोबाइल शान्त भएर बसेको थियो। बल्ल सम्झे– तिमीसँग कुरा नभएको। मैले हिजो कोठामा पुगेपछि फोन गर्छु भनेको थिएँ। भुसुक्कै बिर्सेछु। स्क्रिनको नोटिफिकेसनमा नयाँ म्यासेज रहेछ। प्रिय, पर्खाइको पीडा निकै कस्ट हुन्छ म बुझ्छु। तर, कहिलेकाहिँ बुझ्दाबुझ्दै पनि कसैलाई कुराउन पर्दा मलाई पनि नमज्जा लग्छ। तिम्रो ठाउँमा म भएको भए पनि त्यस्तै हुन्थ्यो होला। तिमीलाई बारम्बार मैले यसरी नै कुराएको छु। म एकदमै लज्जित छु। बेवास्ता गरेको होइन। सम्झँदा–सम्झदै पनि निदाउन पुगेछु। सायद मलाई थकान धेरै थियो।

जब म कोठामा आए सबैभन्दा प्रिय बिस्तारा लाग्यो। अफसोच म निदाएँ, उता तिमी मेरो प्रतीक्षामा बसेकी थियौ। मैले जे जति लेखे पनि, तिम्रो मनले स्वीकार्दैन होला, यस्तै हुन्छ, रातभरि गफ गरम्ला भन्यो, बिहान उठ्दा परिस्थिति अर्कै हुन्छ। अचेल मलाई आफ्नो निदसँग रिस उठ्न थालेको छ। मलाई निदले धेरै पटक यस्तै बनाएको छ। मेरो चाहना के भने, मैले फोन गरिनँ वा उठाएन भने, यो निदाएछ भनेर, ल म पनि सुतें, भोलि कुरा गरम्ला भनेर तिमीले म्यासेज पठाएको पढ्ने रहर हुन्छ। जब म बिऊँझे तिम्रो म्यासेज पढ्दा तिमीले मसँग आजित भएर सम्बन्धलाई पूर्णविराम लगाउने कुरा गरेकी रहिछौ। बिहानको पहिलो म्यासेज यस्तो पढ्दा मलाई कस्तो भयो होला।

ठिकै छ, यदि मेरो कारणले तिमीलाई तिम्रो जिन्दगीका पाइला बढाउन गाह्रो भाको छ भने तिम्रो प्रस्तावलाई स्वीकार गरिदिन्छु। म तिमी खुसी भएको हेर्न चाहन्छु, तिम्रो जीवनमा एउटा असल साथीको प्रवेश होस् भन्ने मेरो पनि चाहना छ। तिम्रो पाइलामा यदि मेरो प्रवेश उचित छैन भने म पनि हाँसी–हाँसी तिम्रो प्रस्ताव स्वीकार गरिदिन्छु। जिन्दगीमा योभन्दा पनि विकराल परिस्थिति आउँछन्। समस्याको कारण बुझ्न सके सजिलो हुन्छ, तिमीसँग कुरा गर्न मलाइ पनि मन थियो, म मन नै नभएको मान्छे कहाँ हुँ र ? थोरै भए पनि संगत गर्दा मेरो निदाउने बानीलाई तिमीले अपमानको रूपमा लियौ। म र मेरो निद्राको तर्फबाट सरी।’

यो म्यासेज पढेपछि टाउको भाउन्न भयो। असाध्यै मन पर्ने व्यक्तिले केही भन्यो भने पनि धेरै चित्त दुख्ने रहेछ। अझ मनपर्ने मान्छे एक दिन बोलेन भने पनि अति नै औडाहा हुन्छ। खोई किन हो किन, त्यसपछि चिरन मसँग बोल्न ठ्याक्कै छाड्यो। अनि त्यसपछि उसको मौनतामा म नजानिँदो तरिकाले पागल भएँ, उसलाई भुल्न मदिरा सेवन गर्न थालें। 

जिन्दगीमा सुखी हुनु भनेको मन स्थिर हुनु हो। यदि मन स्थिर भएन वा मन विचलित भइरह्यो भने ऊ कहिल्यै पनि सुखी हुन सक्दैन। ट्विटरका फिड्स र लाइभ स्ट्रिम्सहरूमा उसका स्टाटसहरू एकोहोरो आइरहेका थिए। उसले मलाई छाड्ने कुरामा मलाई एक रति पनि विश्वास थिएन। मलाई थाहा छ– मेरो प्रेम प्रसंगले मेरो मायालाई सतहमा तैराएको थियो। यसपछि मैले बुझें– हरेक वस्तुको निश्चित आयु हुन्छ। प्रेमको पनि त्यस्तै रहेछ। आइमाईहरू माफी दिन वा समझदारी हुन पर्ने अवस्थामा कम सहनशील भइदिन्छन्, आज चिरनको सवालमा म पनि त्यस्तै भएको छु।’

अनामिका भन्दै थिइन्, ‘यो संसार भनेको हजारौं प्रजातिका फुलहरूको फुलबारी त हो नि। फरक–फरक रङ, बासना अनि रूपहरू। कोही कोमल हुन्छन्, कोही तिखा। मानवहरूको फुलबारी पनि फूलहरू जस्तै त हो। हरेक मानिस फरक–फरक। अनेक रङका मानिसहरू नभई सांसारिक फुलबारी यति सुन्दर पनि हुँदैन नि।’

अनामिकाको अतित सुनेपछि म दोधारमा परें। चिरन ‘निर्दोष’जस्तो लाग्यो। केही बोल्ने सोच बनेन। ...र आजसम्म म निर्णयमा पुग्न सकेको छैन। उनी त्यसपछि मसँग सम्पर्कमा न आएको पनि धेरै भयो। फेसबुकबाट मलाई अन फेरेन्ड गरिछन्। मैले फोनमा सम्पर्क गर्न खोजें, नम्बर डिएक्टिभेट रहेछ। उनीसँग अरु सम्पर्कका केही माध्यम थिएनन्। कति माया यस्ता हुन्छन्, जुन कहिले वास्तविक जिन्दगीमा देखा पर्दैनन्, तिनको उत्पत्ति भर्चुअल संसारमा हुन्छ र अन्त पनि त्यहीं नै।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad