७ वैशाख २०८१ शुक्रबार
अन्य

साँढेहरूविरुद्ध

ईश्वरी कार्की ‘वर्षा’
एउटा बदमास पुरुष
प्रत्येक दिन
पूजा गर्न नभई
नारी सौन्दयपान गर्न
मन्दिर जान्छ

त्यस ‘पापी’ले
मन्दिरकी देवीलाई
सर्वांग नांगो देख्छ
देवीलाई पनि
मस्त यौवना देख्छ
र,
इशारामा आँखा सन्काउन थाल्छ
अनि
सुटुक्क
हात बढाउँछ
उनका अंग–प्रत्यंग छुन

नेपथ्यमा
गुज्जिरहेका
सीताराम...
राधाकृष्ण...
गौरीशंकरका...
भजनहरू
सुन्दैन ऊ

मन्दिरकी देवीमा त
यस्तो आशक्त

कुनै युवतीलाई
एकान्तमा भेट्दा के गर्ला ?
देवी माँ
तपाईँ किन मौन वस्नुहुन्छ
त्रिशूलले
फुटाइ दिनुस्
ति कामुक आँखा
नारी अस्मितामा
सल्बलाउने ति हात
भाँची दिनुस्
टुक्राई दिनुस् र्निलज्ज
कुनियतको बाटो हिँड्ने
ति खुट्टा

यो कानुन नभएको देशमा
कुनै शिवालयमा
छाडा छोडेका साँढेझै
उन्मत्त र
उन्मुक्त भई
कलिला कोपिलाहरू
निमोठ्दै हिँड्नेलाई
दिनुस् सजाय
त्यस्ता पापीलाई
नछोड्नुस्
देवी माँ
नत्र
हाम्रा कुनै पनि
चेलीबेटी सद्धे
रहने छैनन्।

प्रकाशित: २२ मंसिर २०७५ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App