८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

व्यापार विवाद रोक्न चीन सकारात्मक : ट्रम्प

वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताएका छन्। ट्रम्पले शुक्रबार ट्वीटरमा लेखेका छन, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ।” 

केही दिन अगाडि चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताए। अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

यद्यपि चीनको बाणिज्य मन्त्रालयका एक प्रवक्ताले बिहीबार सञ्चारकर्मीसँगको नियमित भेटमा चीनले अर्जेन्टिनामा आफ्ना राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए। 

प्रकाशित: २१ मंसिर २०७५ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App