८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म्यानमारका हजाराैं महिलालाई चीनमा विवाह गर्न दवाव

बैङ्कक- म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ। म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ। द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो। 

चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरुलाई चिनियाँहरुले विबाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन्। चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ। 

जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागु गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ। म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरुबाट पनि बर्षेनी हजारौँ महिलाहरू चीन लगिने गरेको छ। एएफपी

प्रकाशित: २१ मंसिर २०७५ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App