७ वैशाख २०८१ शुक्रबार
खेल

गणेशमान सिंह स्मृति बक्सिङ माघमा

काठमाडाैं - गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता माघ २२ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजिव श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, एपीएफ र नेपाल आर्मीबाट ८० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने छ। प्रत्येक स्पर्धामा पहिलो र दोश्रो हुने खेलाडीले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन्। सेमिफाइनलमा रोकिने दुई खेलाडीलाई समान ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट पुरुष/महिला खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालन गर्न ८० देखि ९० लाखसम्म खर्च हुने बताइएको छ। त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख उपलब्ध गराउने संयोजक श्रेष्ठले जानकारी दिए। अपुग रकम प्रायोजकबाट संकलन गरिने छ। पाँचदिने प्रतियोगिताका खेलहरु बसन्तपुर डबलीमा खेलाइने छ। प्रतियोगिताका लागि प्रदेश छनोट मंसिर २८ गतेदेखि सुरु गरी पुस मसान्तसम्म सक्ने आयोजकले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७५ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App