काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल सुरु

शुक्रबार, २१ मङि्सर २०७५, १९ : ०२ नागरिक

22


काठमाडौं– ‘काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि सुरु भएको छ। राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको आज आयोजित एक समारोहबीच पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तवला वादक दावा योङजुङ शेर्मालागतयले सामूहिक रुपमा उद्घाटन गरेका हुन्।

 अष्टे«लियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रदर्शनी गरी महोत्सवको उद्घाटन गरिएको थियो । ‘माउन्टेन’ मा पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । फेस्टिबलमा नेपाललगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइने छ। यो वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइने छ। काठमाडौँ महानगरपालिका सहआयोजक रहेको किम्फ २०१८ को नारा ‘वुमन मुभ माउन्टेन्स’ रहेको छ। 

महोत्सवमा अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन फिल्म र नेपाल पानोरमाअन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रको छनोट गरिनेछ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर १ हजार ५००, १ हजार र ५०० बराबरको नगद पुरस्कार प्रदान गरिनेछ। 

नेपाल पानोरामाअन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः १ लाख र ७५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। महोत्सवमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मलाई १ हजार अमेरिकी डलरका पुरस्कार दिइनेछ। किम्फको उत्कृष्ट साहसिक फिल्मलाई आपा शेर्पा फाउण्डेशनले १ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्नेछ र सबैभन्दा बढी दर्शकको रोजाइमा पर्ने फिल्मलाई ‘अडियन्स अवार्ड’ को पुरस्कारका साथ ५० हजार रुपैयाँ प्रदान गरिनेछ।  

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...