१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली भूमिबाट चीन विराेधी गतिविधि हुन दिन्न : गृहमन्त्री थापा

फाइल तस्बिर

काठमाडौं - गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि चीनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो।

आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे। राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध विस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उनको कार्यकालमा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वास व्यक्त गरे। नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

भेटमा राजदुत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागि सक्दो पहल गरीरहने प्रतिवद्धता व्यक्त गरीन्। उनले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरीन्। भेटमा होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्।

प्रकाशित: २१ मंसिर २०७५ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App