१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब केन्द्र सरकारका मन्त्री मञ्चमै ढले...

नयाँदिल्ली– भारतको केन्द्र सरकारका एक जना मन्त्री सार्वजनिक कार्यक्रममा बेहोस भएर ढलेका छन्। महाराष्ट्रको अहमदनगरस्थित महात्मा फुले कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी सडक तथा परिवहन मन्त्री नितिन गडकारी मञ्चमै बेहोस भएर ढलेका हुन्। 

भारतीय जनता पार्टीको अध्यक्ष समेत रहिसकेका गडकारीलाई तत्कालै अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ। सुगरको कमीका कारण रिँगटा लागेर उनी ढलेको चिकित्सकले बताएका छन्। 

यस्तै, राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले ट्वीटरमार्फत नितिन गडकारीको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन्।

प्रकाशित: २१ मंसिर २०७५ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App