coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवा समूहबीच कुटाकुट, घाइतेलार्इ हेलिकप्टर मार्फत काठमाडाैं ल्याइयाे

घाइतेलार्इ हेलिकप्टरमा राखिँदै। तस्बिर : मुक्तिप्रसाद/नागरिक

पाल्पा - पाल्पाको रामपुर नगरपालिकामा दुई युवा समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भएका छन्। रामपुर–५ बेझाँडमा भएको कुटाकुटमा समसूहक मिया र सहदत हुसेन घाइते भएका छन्। घाइते दुवै युवालाई उपचारका लागि हेलिकप्टर मार्फत मेडिसिटी अस्पताल काठमाडाैं लगिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

सहदत हुसेनको टाउको र समसूहक मियाको कानमा चोट लागेको रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले बताए। उनले सामान्य कुरामा साथीहरुबीच विवाद हुँदा कुटाकुट भएको बताए। घाइते दुवैको अवस्था सामान्य रहेको तर पारिवारिक दवावका कारण उनीहरुलार्इ काठमाडाैं लगिएको प्रहरीले जनाएको छ।

बिहान साढे ८ बजेको समयमा रानपा–५, बेझाड सहकारी पथमा स्थानीय ३९ वर्षीय समसुहक मिया र ३२ वर्षका सहदत हुसेनलाई ३५ वर्षीय अशोक श्रेष्ठ, २१ वर्षीय अमृत श्रेष्ठ र २४ वर्षका चन्द्र श्रेष्ठले कुटपिट गरेको बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७५ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App