प्लाष्टिक र सिल्टेका भाँडाले काठका सामग्री विस्थापित

शुक्रबार, २१ मङि्सर २०७५, १४ : १३ हरिकृष्ण गौतम

म्याग्दी– पहिले पहिले ठेकाको चलन धेरै हुँदा ‘एक मानेमा के छ के छ दुई मानेमा दही छ, मैले भोलि बिहे गर्ने भनेको केटी त आजै पोइल गइछ’ भन्दै व्यंग्य हानेर गीत गाउने गरिन्थ्यो । गीत गाउनेलाई टन्न दूध, दही समेत खुवाइन्थ्यो । दूध, दही र घिउले ठेका भरिभराउ । गाई, भैंसी, गोरु र भेडाबाख्रा धेरै पालेका घरलाई गाउँभरिकै सबैभन्दा धनी भन्ने गरिन्थ्यो । तर, अहिले न गाउँमा धेरै गाईभैंसी, गोरु पाल्छन् न दही राख्ने ठेका नै भेटिन्छन् ।

बालाचतुर्दशी पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा गाउँघरमा निर्मित काठका सामग्री बिक्री गर्न बसेका एक व्यापारीले मुस्किलले चारजना ग्राहक पाएको बताए । बिहानै मन्दिरमा काठबाट निर्मित विभिन्न घरेलु प्रयोगमा आउने सामान दिउँसोसम्म सोचेजस्तो बिक्री नभएपछि निराश भएका थिए ।

दूध दुहुन र दही राख्न बजारमा प्लास्टिक एवं सिल्टेका भाँडा, ड्रम र बाल्टी आएपछि काठका ठेकाको प्रयोग ह्वात्तै घटेको छ।

पछिल्लो समय गाउँघरमा प्लास्टिकका सामग्रीको प्रयोग ह्वात्तै बढेपछि काठबाट निर्मित ठेका बिक्री हुन छोडेको व्यापारी नारायण चुँदाराले बताए । ‘हरेक वर्ष बागलुङबाट बिक्री गर्न आउँछु, ‘गाउँघरबाट आउनेले पनि प्लास्टिकका सामान प्रयोग गर्छन्’, चुँदाराले भने । उनले काठका ठेकालाई कौडीको मूल्यमा खोज्ने गरिएको गुनासो समेत गरे । गाउँघरमा ठेकामा चिसो दही र मोही अनि सानासाना ठेकीमा घिउ राख्न गाउँघरमै पाइने गिठ्ठादारको काठ काटेर बनाउने गरिए पनि युवापुस्ता विदेश पलायन भएपछि अहिले गाउँघरमा काठको ठेका पाउन मुस्किल छ ।

दूध दुहुन र दही राख्न बजारमा प्लास्टिक एवं सिल्टेका भाँडा, ड्रम र बाल्टी आएपछि काठका ठेकाको प्रयोग ह्वात्तै घटेको छ । ठेका कुँद्नेलाई गाउँले भाषामा चुँदारा भनिन्छ, चुँदाराले बनाउने ठेका लोप हुन थालेको बागलुङका राम चुँदाराले गुनासो गरे । ‘काठको ठेका र मदानी बजारमा बिक्दैन, गाउँमा पनि भेटिदैंनन्’ उनले भने । उनका अनुसार बढ्दो आधुनिकतासँगै हाम्रो चुँदारा पेसा नै लोप हुन थालेको बताए । बजारमा सस्तोमा कम टिकाउ हुने सामान पाइने भएपछि मान्छेले काठको पुरानो सामान प्रयोग गर्न छाडेको उनको भनाइ छ ।

 परम्परागत सीप र प्रविधिको प्रयोग गरेर बनाइएका ठेका निकै कलात्मक र आकर्षक देखिन्छन् भने प्रयोग गर्न पनि सजिलो हुन्छ । पाँच मुठी अटाउनेदेखि बाइस, पच्चीस मानासम्म जाने ठेका बनाउने गरिए पनि आयातित भाँडाले पेसा संकटमा पर्न थालेको व्यवसायीको गुनासो छ । चाडपर्वबाहेक अन्य समयमा बनाएको ठेका मेला महोत्सवको प्रदर्शनीमा राख्ने र त्यहीँबाट बिक्री गर्ने गरिन्छ ।

बालाचतुर्दशी र माघेसंक्रान्ति पर्वमा हरेक वर्ष म्याग्दीको बेनीबजार, गलेश्वर, तातोपानी र गुल्मी जिल्लाको रिडी क्षेत्रमा पुगेर ठेका बेचेर गुजारा चलाउने गरेका छन् । सरकारले आरन र सिलाइकटाइलगायत अरु बालीघरे पेसा संकटमा परेको भन्दै संरक्षणका लागि अनुदान सहयोग गर्ने गरेको भए पनि चुँदारा पेसालाई बेवास्ता गरेको गुनासो समेत गर्ने गरेका छन् ।

म्याग्दीको गलेश्वरमा चुँदारालाई सामान बिक्रीवितरणका लागि महत्वपूर्ण ठाउँ दिइएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए। उनका अनुसार अन्तिममा खरिद गरेरसमेत प्रोत्साहन गर्ने गरिएको बताए ।







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...