८ वैशाख २०८१ शनिबार
खेल

चितवन टाइगर्सलाई टेन्सबर्गको प्रायोजन

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फ्रेन्चाइज टोली चितवन टाइगर्सले बिहीबार टेन्सबर्गको साथ पाएको छ।

शनिबारदेखि सुरु हुने तेस्रो संस्करणको इपिएलका लागि टेन्सबर्गले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई साथ दिएको हो। बिहीबार एक कार्यक्रमबीच टेन्सबर्गले चितवन टाइगर्ससँग प्रायोजन गरेको जनाएको हो। नेपालमा क्रिकेट खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले चितवनसँग सहकार्य सुरु गरेको टेन्सबर्गले उल्लेख गरेको छ।

आगामी पुस ७ गतेसम्म हुने एभरेस्ट प्रिमियर लिग क्रिकेटमा चितवन पृथुको कप्तानीमा रहनेछ। चितवन टाइगर्सले यस पटक दीपेन्द्रसिंह ऐरी, आइरल्यान्डका पल स्टर्लिङ र इङ्ल्यान्डका जोन सिम्पसन र जर्ज स्कटको साथ पाएको छ।

चितवनले ‘रोर रोर चितवन टाइगर्स’ को नाराका साथ लिगमा खेल्दै छ। यस संस्करणको इपिएल शनिबारदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुँदै छ। लिगमा चितवन टाइगर्ससँगै विराटनगर वारिसयर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज र काठमाडौं किंग्स–११ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २१ मंसिर २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App