७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्धारित समयमा सम्पन्न गर्न चुनौतीपूर्ण

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका ६ वटा राष्ट्रिय गौरवका आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ।

उत्तर–दक्षिण कर्णाली लोकमार्ग, कालीगण्डकी करिडोर, कोसी लोकमार्ग, हुलाकी राजमार्गमध्ये पहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजनाको काम निर्धारित समयभित्र सम्पन्न गर्नचुनौति देखिएको हो। मन्त्रालयका सचिव मधुसुदन अधिकारीले इन्जिनियरिङ तल राजनीति माथि परेकाले आयोजना समयमा सम्पन्न हुन नसक्ने बताए। राष्ट्रियसभा अन्तर्गतराष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले सो कुरा बताएका हुन्।

कर्णाली लोकमार्ग आर्थिक वर्ष२०६८/६९ देखि निर्माण सुरु गरिएको हो। कालिकोट बाजुरा र हुम्ला जिल्लाको विभिन्न क्षेत्रलाई समेटेको यो आयोजना करिब दुई सय किमि रहेको यस लोकमार्ग दुई खण्डमा निर्माण भइरहेको छ। यो लोकमार्गलाई राष्ट्रिय सडक सन्जालमा जोड्न समय लाग्ने भएकाले पहिलो चरणमा हुम्लाको सदरमुकाम सिमिकोट हिल्सा खण्डको करिब ९० किमि ट्र्याक खुलिसकेको छ भने पाँचकिमि ट्र्याक खोल्न बाँकी छ। यस आवमा उक्त खण्डमा ट्र्याक खोल्ने लक्ष्य राखिएको छ। यो सडक हुम्लासम्म नेपाली सेनाले निर्माण गरिरहेको छ। मुआब्जा, विष्फोटक पदार्थको समस्या, न्यून बजेट, मन्त्रालयको समन्वय नहुँदा यो लोकमार्ग निर्धारित समयमा सम्पन्न हुन कठिनाइ देखिएको इन्जिनियर केशवप्रसाद ओझाले बताए।

यसैगरी, नेपालको मध्ये भागबाट उत्तरसीमादेखि दक्षिण सीमा जोड्ने कालीगण्डकी करिडोरको लम्बाइ करिब चार सय ३५ किमि रहेको छ। नवलपरासीको गैंडाकोटदेखि नेपाल–चीन सीमा कोरलासम्म जोड्ने यो सडकको सम्पूर्ण खण्डमा ट्र्याकखोल्ने काम करिब सम्पन्न भएको आयोजनामध्ये बेनी जोमसोमका प्रमुख नरेन्द्र सुवेदीले बताए। गैंडाकोटदेखि मालढुंगासम्म दुई सय ४५ किमि छ भने मालढुंगाबाट कोरलासम्म एक सय ९० किमिरहेको छ। २०६५/६६ मा सुरु भएको यो योजना २०७८/७९ सम्म सक्ने लक्ष्य छ। अहिलेसम्म तीन सय सय ५७ करोड खर्च भएको छ। हाल एक सय ३२ करोड रकम विनियोजन भएको छ। यो सडकको एक सय १८ किमि मात्र ग्राबेल भएको छ। यस आवमा पाँचकिमि कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। गैंडाकोटदेखि मालढुंगासम्म र बेनी जोमसोम गरी दुई भागमा बाँडेर यस करिडोरको काम भइरहेको छ।

नेपालको पूर्वी भागबाट उत्तर सीमादेखि दक्षिण सीमासम्म जोड्ने कोसी लोकमार्गको लम्बाइ करिब तीन सय ९० किमि रहेको छ। मोरङ जिल्ला रानीदेखि चीनको सीमा किमाङथाङ्कासम्म जोड्ने यो सडकमा एक सय ७२ किमिमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। २०६५/६६ बाट काम सुरु भएको यो योजनाको कुल लागत पाँच सय ७९ करोड रहेको छ। हालसम्म दई सय ११ करोड खर्च भएको छ भने चालु आवमा ४७ करोड विनियोजन गरिएको छ। त्यस्तै चालु आवमा पाँचकिमि ग्राबेल गर्ने लक्ष्य राखिएको आयोजनाका पशुपति ज्ञवालीले जानकारी दिए।

पाँचथर जिल्लाको चियोभङज्याङदेखि झुलाघाटसम्म कुल लम्बाई एक हजार सात सय (१७८६)किमि रहेको मध्यपहाडी लोकमार्ग आव ०६७/६८ देखि दुई खण्डमा विभाजन गरी निर्माणकार्य भइरहेको छ। मध्यपहाडी पूर्वखण्ड (करिब ६८९ किमि) र पश्चिम खण्ड (१०९७ किमि) गरी दुइटा आयोजनाबाट निर्माण कार्य भइरहेको छ। पाँचथरदेखि सिन्धुलीको सीमासम्म सात सय २१ किमि रहेको छ। यस आयोजनाबाट पाँच सय सय ५१ किमि र अन्य आयोजनाबाट एक सय ७० किमि रहेको छ।

नुवाकोटदेखि झुलाघाटसम्म करिब एक हजार ९७किमि सडक आव ०७९/८० सम्मसम्पन्न गर्ने लक्ष्य राखिएको छ। तीन सय ३७किमि बाहेक यस आयेजनाबाट सात सय ६० किमि सडक निर्माण गर्नुपर्ने आयोजना प्रमुख विजय चापागाईले जानकारी दिए। यो सडकको एक सय १५ मिटर कालेपत्रे गरिएको उनले बताए।आव ०६९/७० देखि राष्ट्रिय गौरवको आयोजनामा यो लोकमार्गलाई राखिएको थियो। राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख छ। सोही बमोजिम नेपाल सरकारबाट पुष्पलाल(मध्यपहाडी) राजमार्ग नामकरण गरी ०६४/६५ मा आयोजनाको कार्यान्वयन सुरु भएको हो।

मध्यपहाडका २६ जिल्लाका दुई सय १५ बस्ती जोड्दै निर्माण हुने यो राजमार्गबाट एक करोड जनता लाभान्वित हुने बताइएको छ। यो आयोजना ०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस राजमार्गको पूर्वी क्षेत्रमा मुआब्जा तथा निर्माण सामग्री समयमा नपुग्दा काममा कठिनाइ भएको छ।  

राष्ट्रिय गौरवको आयोजनामध्ये पूर्वपश्चिम हुलाकी राजमार्गको कुल लम्बाई १७९२.४२ किमि रहेको छ। जसमध्ये पूर्वदेखि पश्चिमतर्फको लम्बाइ नौ सय ७५ किमि रहेको छ भने उत्तरदेखि दक्षिण जोडिने २८ सहायक सडकको लम्बाइ ८१७.४२ किमि रहेको छ। यस राजमार्गको अनुमानित प्रारम्भिक लागत ४७ अर्ब २४ करोड रहेको छ। आयोजना सुरु भएको ०६६/६७ देखि ०७४/७५  सम्म १७ अर्ब ९१ करोड २३ लाख ६ हजार खर्च भइसकेको छ। जसमध्ये भारतीय अनुदानतर्फ दुई अर्ब ६ करोड ३२ लाख ३४ हजार खर्च भइसकेको छ। यस आयोजना अन्तर्गत दुई सय १९ पुल निर्माण गर्नुपर्ने देखिन्छ। हालसम्म ७५ पुल निर्माण भइसकेका छन् भने ८४ पुल निर्माणाधीन छन्। ६० पुलको डिजाइन स्वीकृति चरणमा छ। हालसम्म ३९ प्रतिशत काम भएको छ। नीति तथा कार्यक्रममा ०७५/७६ मा एक सय किमि कालोपत्रे गरिने लक्ष्य रहेको छ भने आव ०७९/८० मा पूर्व–पश्चिम तर्फको नौ सय ७५ किमि कालोपत्रे गर्ने लक्ष्य रहेको छ। हालसम्म १२८.५ किमिमात्र कालोपत्रे भएको छ।

सांसदहरुले हुलाकी राजमार्गको प्रगती निराशा जनक भएको टिप्पणी गरे। यसैगरी, रेल तथा मेट्रो विकास आयोजनाले पूर्व पश्चिम रेलको डिपीआर तयार गरेको छ। रेलको ३६ किमि बाट सम्पन्न भएको छ। १७६ किमि चितवन राष्ट्रिय निकुञ्ज परेकाले त्यसमा मात्रै समस्य परेको निमित्त आयोजना प्रमुख देवकुमार तामाङले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन
समितिले २०७९/८० भित्र राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने वातावरण मिलाउनका लागि सरकारलाई निर्देशन दिएको छ। तत्काल देखा परेका जग्गा अधिग्रहण, रुख कटानी, विष्फोटक पदार्थको अभाव जस्ता समस्याहरु तत्काल समाधान गरी आयोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण सृजनागर्न समितिले निर्देशन दिएको हो। समितिलेअन्तरमन्त्रालयलाई ध्यानमा राखि आयोनाहरु संचालन गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: २१ मंसिर २०७५ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App