८ वैशाख २०८१ शनिबार
अर्थ

बक्यौता नतिरेपछि सौर्यको उडान रोक्का

काठमाडौं – विमानस्थल प्रयोगबापतको शुल्क लामो समयदेखि नबुझाएपछि सौर्य एयरलाइन्सको उडान रोक्का गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आन्तरिक उडान गर्ने सौर्य एअरलाइन्सको उडान बिहीबारदेखि रोक्का गरेको हो। कम्पनीले विमानस्थललाई तीन करोड रुपैयाँभन्दा बढी बक्यौता तिरेको छैन।

‘बक्यौता रकम चुक्ता गर्न बारम्बार अल्टिमेटम दिएका थियौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘ताकेता गर्दा पनि बक्यौता रकम चुक्ता नगरेपछि आजबाट उडानै रोकेका हौं।’

उनका अनुसार यसअघि पनि सौर्यको उडान बेलाबेलामा एकदेखि डेढ घन्टा रोक्का गरिँदै आएको थियो। बिहीबारबाट भने सबै उडान रोक्का गरिएको छ। बक्यौता रकमको कम्तीमा पनि २० देखि २५ प्रतिशत भुक्तानी नगरेसम्म उडान खुला नगरिने क्षेत्रीले बताए।

सौर्यले सिआरजे दुई सय सिरिजका ५० सिट क्षमतायुक्त एक थान जहाजमार्फत काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गर्दै आएको छ। सौर्यसँग भएको सोही सिरिजको अर्को जहाज भने बिग्रिएर बसेको छ।

विमानस्थलले ल्यान्डिङ, पार्किङ, सुरक्षा, कोठा काउन्टर लगायत शुल्क लिने गर्छ।

प्रकाशित: २१ मंसिर २०७५ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App