निगमले बोइङ बेच्न स्वीकृति माग्याे

शुक्रबार, २१ मङि्सर २०७५, ०८ : ४७ खिलक बुढाथोकी  | @KhilakB

काठमाडौं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफूसँग रहेको एकमात्र बोइङ बिक्रीको लागि सरकारसँग स्वीकृति मागेको छ।

बी७५७–२०० सिरिजको बोइङ बेच्ने स्वीकृतिको लागि आग्रह गर्दै निगमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पत्र पठाएको हो।

‘हामीले सरकारसँग स्वीकृति लिन बिहीबार मन्त्रालयलाई पत्र पठाएको छौं,’ निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘सरकारको सहमति आएपछि बिक्री प्रक्रिया थालिने छ।’ ९एन–एसिबी कलसाइनको एक सय ९० सिट क्षमताको उक्त जहाजमा समस्या आएर बारम्बार बनाउँदा कमाइभन्दा खर्च बढी हुने भएपछि निगमले बेच्ने योजना बनाएको हो।

निगमको बोर्ड बैठकले जहाज बेच्न गत वैशाखमै सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार निगमले स्विजरल्यान्डको फिन्टेक नामको कम्पनीबाट त्यसको मूल्यांकन गराएको थियो। कम्पनीको जहाजका सबै प्राविधिक पक्ष जाँच गरेर मूल्यांकन प्रतिवेदन केही साताअघि बुझाएको थियो।

मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्यांकन अनुसार जहाज बेच्न सरकारसँग स्वीकृति माग्ने निर्णय गरेपछि सरकारलाई पत्र लेखेको प्रवक्ता सिग्देलले बताए। सरकारको स्वीकृतिपछि जहाज बिक्रीको सूचना निकालिने छ। ऐन अनुसार सबैभन्दा बढीमा किन्न तयार हुने कम्पनीलाई जहाज बिक्री गरिनेछ।

निगमसँग बोइङ जहाज दुइटा थिए। एउटा बेचिसकेको छ। निगमले यसअघि २०७४ माघमा कलसाइन ९एन–एसिए भएको बोइङ बिबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बेचेको थियो।

निगमले बोइङको सट्टा एयरबस उडाउने भन्दै आफूसँग भएको अर्को जहाज पनि बेच्ने निर्णय गरेको हो।

‘पहिलो कुरा त जहाज पुरानो भएर बिग्रिरहने समस्या भयो,’ प्रवक्ता सिग्देलले भने, ‘अर्को त हामी बोइङ छाडेर एयर बसतिरै केन्द्रित हुँदैछौं।’ उनका अनुसार एयर बस र बोइङ फरक प्रकारका जहाज राख्दा व्यवस्थापनमै समस्या भइरहेको छ। छुट्टै इन्जिनियर राख्नुपर्ने लगायत समस्या रहेको निगमले जनाएको छ।

निगमसँग भएको गण्डकी नामको अहिलेको बोइङ सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनीसँग खरिद गरिएको थियो।

करिब ३० वर्ष पुरानो जहाजले हङकङ, दुबई, भारत, थाइल्यान्ड लगायत देशमा उडान गर्दै आएको थियो। पछिल्लो समय एक महिनादेखि बोइङ बिग्रिएर मर्मतको क्रममा मलेसियामा छ।  

जहाजको इन्जिनमा हुने सी–डक्ट उपकरण बिग्रिएर मर्मत गर्न लगिएको सिग्देलले जानकारी दिए। उक्त जहाज मर्मत गर्न दुई करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। जहाज मर्मत गरेर साता दिनपछि आइपुग्ने निगमले जनायो।

बोइङ जहाजले उडान गरिरहेका गन्तव्यमा अहिले एयर बसबाट उडान हुँदै आएको छ। अहिले निगमका ए३३०–२०० सिरिजका दुई वाइड बढी र ए३२०–२०० सिरिजका दुई न्यारो बडी जहाजले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।

निगमले बोइङ बेचेपछि पनि यस्तै सिरिजको जहाज थप्ने योजना बनाएको छ। तर, अहिले भइरहेकै वाइड र न्यारो बडीका जहाजले भने गन्तव्य नपाएर उडान गर्न पाएका छैनन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...