हलमा ‘प्रसाद’सँगै ‘झिल्के’

शुक्रबार, २१ मङि्सर २०७५, ०८ : ३७ नागरिक

काठमाडौं – नेपालका फिल्म हलमा शुक्रबारबाट दुई फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज हुँदैछन्। दर्शकले फिल्म ‘प्रसाद’मा निसन्तान दम्पत्तिको कथा र ‘झिल्के’मा प्रेम जोडीको प्रेमकथा हेर्न पाउनेछन्।

निर्देशक दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ। फिल्ममा विपिन र नम्रताले निसन्तान दम्पत्तिको भूमिकामा देखिएका छन्।

सुवास थापाको लगानी रहेको फिल्ममा रंग पत्रकार सुशिल पौडेलको लेखन, राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिष क्षेत्रीको संगीत रहेको छ। फिल्मले गत बुधबार साँझ राजधानीमा प्रिमियर शो गरेको थियो। फिल्म हेर्ने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका थिए।

त्यस्तै लक्ष्मण योञ्जन तामाङको कथा तथा निर्देशक रहेको फिल्म ‘झिल्के’मा पुष्कर गौतम, झरना थापा, राजमाझी दाहाल,  राजकुमार र राजिवलगायतका कलाकारहरूको अभिनय रहेको छ। भीम बस्नेत, कुन्दन राई, देवेश राई र गणेश रिजालले निर्माण गरेको फिल्ममा सुमन तामाङको छायांकन छ।








यसमा तपाईको मत

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad