मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन् : प्रधानमन्त्री

शुक्रबार, २१ मङि्सर २०७५, ०७ : २१ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्। उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’

‘सरकारकै भत्ता खाने, पेन्सन खाने सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, गोपनीयताको वास्ता नगर्ने प्रवृत्ति अर्काे रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्ता प्रवृत्ति अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने खालको आफूले देखेको बताए। आफूले हालै एसिया प्यासिफिक सम्मेलनमा यूनिभर्सल पिस फेडेरेसनका तर्फबाट प्राप्त सम्मानलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यो त किनेको जस्तो, पारिश्रमिकजस्तो भन्दै अत्यन्तै अपमानजनक ढंगले आएको छ। त्यसको म जवाफ दिइरहन चाहन्नँ। तर उहाँहरूलाई म सोधी चै रहन्छु, जवाफ दिउँ ?’

निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै प्रधानमन्त्री ओली र सरकारको विभिन्न क्षेत्रबाट व्यापक आलोचना हुँदै आइरहेको छ। पछिल्लोपटक काठमाडौमा सम्पन्न एसिया प्यासिफिक सम्मेलन र उनलाई प्रदान गरिएको सु–शासन पदकलाई दिएर पनि उनको आलोचना हुँदै आइरहेको छ। उनको भूमिकालाई दिएर कतिपय बुद्धिजीवीले पनि टिकाटिप्पणी गरेका थिए। त्यसै प्रसंगलाई लिएर प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्नेबारे पनि आफूलाई जानकारी रहेको भन्दै आफूले जवाफ दिँदा थला पर्नेगरी दिनसक्ने बताएका हुन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...