coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतले सार्क सम्मेलन बहिष्कार गर्ने

काठमाडौं- भारतले कात्तिक अन्तिम साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन बहिष्कार गर्ने जनाउ दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले मंगलबार राति ट्विट गर्दै यसबारे सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराइसकेको खुलासा गरे ।  

यस क्षेत्रमा सीमापार आतंकवादी आक्रमण बढेको र एक देशले अर्कोका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको अवस्थामा इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलन सफल हुन नसक्ने विदेश मन्त्रालयको भनाइ छ।

‘क्षेत्रीय सहयोग र आतंकवाद सँगसँगै हिँड्न नसक्ने भएकाले भारत इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलनमा भाग लिन सक्दैन,’ स्वरुपले भनेका छन्, ‘केही अन्य देशले पनि इस्लामबादमा हुने सम्मेलनप्रति रिजर्भेसन राखेको जानकारी हुन आएको छ ।’

 भारतीय पत्रिका हिन्दुले पनि भुटान, बंगलादेश र अफगानिस्तानले पनि रिजर्भेसन देखाएको भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै जनाएको छ । 

सम्मेलन कात्तिक २४ र २५ गते इस्लामाबादमा हुने तय भएको छ । १८औं शिखर सम्मेलन २०७१ मंसिर ९ र १० गते काठमाडौंमा भएको थियो ।

भारतीय विदेश मन्त्रालयको आरोपमा पाकिस्तानको नाम भने उल्लेख छैन।

प्रकाशित: १२ आश्विन २०७३ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App