काठमाडाैं - सत्तारुढ संघीय समाजवादी फोरम नेपालले आफ्नो महाधिवेशन वैशाखको अन्तिम साता गर्न प्रस्ताव गरेको छ।
काठमाडौंका तीनकुनेस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय महाधिवेशन २०७६ साल वैशाखको २८ र २९ गते प्रस्ताव गरेको हो। अध्यक्ष उपेन्द्र यादवले बैठकमा महाधिवेशन वैशाखमा गर्नका लागि प्रस्ताव राखेका थिए। महाधिवेशननका साथै अन्य राजनीतिक विषयहरूमा निर्णय गर्न राजनीतिक समितिले मंसिरको २२ गते ११ बजे केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ। केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा बस्नेछ।
केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशनका साथै सरकारमा पार्टीको समीक्षा, संविधान संशोधनको माग, प्रदेश कमिटीहरूकाे गठन, सदस्यता नवीकरण लगायतका एजेण्डा राजनीतिक समितिले तय गरेको संघीय फोरमले जनाएको छ। राजनीतिक समितिको बैठकमा अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले सरकारमा हालसम्म पार्टीका तर्फबाट भए गरेका काम र निर्णयहरूका विषयमा जानकारी गराएका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत