सुन्तला जोनमै गभारो रोग, उत्पादन घट्याे

बिहिबार, २० मङि्सर २०७५, १७ : २३ जनक केसी

जाजरकोट - सरकारले  सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष सुन्तला उत्पादन निकै घटेको छ।सुन्तलाका वोटहरुमा गभारो अर्थात ढुसी लाग्ने रोग लागेर वोटहरु सुक्ने र सुन्तलाका दानाहरु कालो हु्न थालेपछि सुन्तला उत्पादन गत वर्षको तुलनामा निकै घटेको किसानहरु वताउछन्।

गत वर्ष ८ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यस वर्ष  सो को आधा पनि उत्पादन हुन नसकेको  किसानहरु वताउछन्। वारीमा लगाएका सुन्तलाका वोटहरु फल टिप्ने वेला सुक्न थालेपछि स्थानीय किसानहरु  लगानी डुब्ने चिन्तामा परेका छन्।

गत वर्ष १० लाखको सुन्तला बेचेका कुसे गाउँपालिका वडा नम्वर ५ दमदालाका किसान शक्तिवहादुर वली यस वर्ष  आधा उत्पादन घटेको वताउछन् । एक्लै ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताए। उनले सुन्तलाका वोट सुक्ने, पात सुक्ने र  सुन्तलाका दानाहरु पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष वोटमा सुन्तला निकै कम फलेको वताए। वली जस्तै अर्का किसान चन्द्रवहादुर मल्ल पनि सुन्तलाको वोटमा ढुसी लाग्ने रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने, पात पहेँलो हुने र पछि पुरै वोट सुक्ने रोगका कारण आफुहरु ठुलो मर्कामा परेको र सरकारले केहि सहयोग नगरेको वताउछन्।

सरकारले सुन्तलाको लागि निकै सम्भावना भएको जाजरकोटको दम्दाला र अन्य क्षेत्रलाइ जोडेर गत वर्षको माघ महिनामा जाजरकोटलाइ सुन्तला जोन घोषणा गरेको थियो। जिल्लाको कुसेगाउँपालिका, भेरी नगरपालिकाको वडा नम्वर २ र  नलगाड नगरपालिकाको वडा नम्वर ३ को सुन्तला उत्पादन क्षेत्रलाइ  जोडेर वनाइएको सुन्तला जोनमा यो वर्ष नै सुन्तला उत्पादन घट्नु निकै दुखद भएको नलगाडका स्थानीय वद्री पन्तले वताए। उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत घोषणा गरिएको सुन्तला जोन कार्यक्रमले जाजरकोटका सुन्तला उत्पादक किसानहरुलाइ गतिलो राहत दिन नसकेको वताए। किसानहरुका समस्या समाधान गर्ने, नियमित रुपमा सुन्तला वारीहरुको प्राविधिक रुपले रेखदेख गर्ने तथा सुन्तलाको वोटहरुको सुरक्षाका लागि किसानहरुलाइ गतिलो सल्लाहा सुझाव दिन कर्मचारीहरुले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको  कुसे ५ का स्थानीय डिल्लीवहादुर थापाले वताए। कार्यालयका प्रमुख लगायतका कर्मचारीहरु फिल्डमा नजाने पाँकटिया स्थित जोनको कार्यालय सहयोगीको भरमा खुल्ने गरेका कारण किसानहरुले कुनै सुविधा पाउन नसकेको उनले वताए।

यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात जोन जाजरकोटका प्रमुख टंक रिजाल किसानहरुले सुन्तलाको वोट लगाउन नजानेका कारण वोट सुक्ने समस्या देखिएको वताउछन्। सुन्तलाका वोटहरु लगाउँदा ठुलो खाडल नवनाएका कारण सुन्तलाका जराहरु ढुंगा या चट्टानमा ठोकिएका कारण अहिले सुन्तलाको वोटमा पात सुक्ने डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको वताए। उनले अहिले जाजरकोटमा ५४ हजार सुन्तलाका वोटहरु  लगाइएको  वताए। अहिले  जिल्लाको १ सय ८० हेक्टर जमिनमा सुन्तला खेती भइरहेको  र यसलाइ वढाएर ५ सय  हेक्टर वनाउन आफुहरुले काम गरिरहेको प्रमुख रिजालले वताए। 

 







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...