७ वैशाख २०८१ शुक्रबार
भिडियो

पाेल पाेलमा प्रधानमन्त्री र मेरा पाेष्टर श्रमिकले टाँगेका हुन्ः श्रम मन्त्री विष्ट (भिडियाे)

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा याेजनाकाे घाेषणा कार्यक्रममा राजधानीका पाेल पाेलमा  टासिएका पाेष्टर सरकारी खर्चमा नगरिएकाे दाबी गरेका छन।

बुधबार नागरिक नेटवर्कको प्रत्यक्ष संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै उनले अाम श्रमिकले बनाएर पाेलहरूमा टाँसेकाे दाबी उनले गरे। 'याे प्रधानमन्त्री काे वा श्रममन्त्रीकाे अाइडिया हाेइन, सामाजिक सुरक्षा याेजना सार्वजनिक हुने भएपछि राेजगार दाता श्रमिकले खुसी मनाउनु भयाे,' उनले भने, 'अाम श्रमिकहरूले पाेल पाेल स्वतस्फूर्त ढंगले राख्नुभयाे । नपत्याए जाँच पड्ताल गर्नुहाेस।' 

कार्यक्रममा  विष्टले मलेसिया रोजगारी खुल्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् । मलेसियासँग भएको श्रम समझदारी कार्यान्वयन गर्न केही विधि र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाइ भएको प्रस्टीकरण दिए।

नेपाल र मलेसियाबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो। मन्त्री विष्टले मलेसिया रोजगारीसम्बद्ध पाँच संस्थालाई गत जेठ २ गते कारबाही गरेपछि त्यसयता कामदार मलेसिया जाने क्रम बन्द छ। श्रम समझदारीपछि पनि कामदार मलेसिया जान नपाएपछि विरोधका आवाज सार्वजनिक भइरहेका छन्। 

कलिङ भिसा प्राप्त गरेका १० हजार युवासमेत मलेसिया जान पाएका छैनन्। श्रम समझदारीपछि कामदार मलेसिया जान नपाएको प्रतिपक्षी दलले समेत विरोध सुरु गरेका छन्। मन्त्री विष्टले मलेसिया जाने युवाको शोषण नहोस् भनेर सरकारले अडान राखेको र अब त्यसो नहुने बताए। उनले आम युवाको हितका लागि मलेसिया रोजगारी खुल्न केही ढिलाइ भइरहेको स्वीकारे।

मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य हो । जहाँ हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख युवा पुगेका छन् । एक महिनाअघि भएको दुई देशबीचको श्रम समझदारीमा मलेसिया कामदार पठाउने संयन्त्र पुरानै रहने र ती संस्थाले लिने शुल्क रोजगारदाताले बेहोर्ने उल्लेख छ । विगतमा मलेसिया जाँदा लाग्ने शुल्क कामदारले बेहोर्दै आएका थिए।

प्रकाशित: २० मंसिर २०७५ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App