६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा

तस्बिर : एजेन्सी

स्वीडेन - चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा सुरु हुँदैछ।

संयुक्त राष्ट्रसंघको अगुवाईमा भइरहेको यो शान्तिवार्ता सन् २०१६ यता पहिलोपटक हुन लागेको हो। त्यसबखत एकसय दिनभन्दा बढी चलेको वार्ताले युद्ध अन्त्य गर्न असफल भएको थियो। उक्त युद्धका क्रममा १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ४० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका छन्।

यमनमा साउदी अरेबीया समर्थित सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच सत्ताका लागि सशस्त्र सङ्घर्ष जारी छ।राष्ट्रसंघ स्रोतका अनुसार युद्धरत दुबै पक्षबीच विश्वासको वातावरण निर्माण गर्ने प्रयत्न भइरहेको छ। राष्ट्रसंघले यमनमा जारी हिंसात्मक एवं सशस्त्र द्वन्द्वले मानवीय सङ्कट निम्त्याएको जनाएको छ। पछिल्ला वर्षहरुमा फैलिएको भोकमरि, रोग र युद्धका साथै बालसैन्य भर्नाले यमन आक्रान्त छ। 

प्रकाशित: २० मंसिर २०७५ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App