६ वैशाख २०८१ बिहीबार
समाज

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पा – पाल्पाको तानसेन नगरपालिका–९, दमकडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु४प ९०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट टेकबहादुर खाम्चाको मृत्यु भएको हो।

वगनाशकाली गाउँपालिका–५ का, ४७ वर्षीय टेकबहादुर खाम्चाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

सडकमा हिँडिरहेका खाम्चालाई बुधबार दिउँसो मोटरसाईकलले ठक्कर दिँएको थियो। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ। खाम्चाको उपचारकै क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको हो।

प्रकाशित: २० मंसिर २०७५ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App