coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रत्नजित क्वार्टरफाइनलमा

फाइल फाेटाे

काठमाडौं – नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ बुधबार योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१८ को पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको कभर्डहलमा भएको अन्तिम १६ को खेलमा रत्नजितले भारतीय खेलाडी नवीनमाथि २०–२२, २१–१४ र २१–१६ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका हुन्।

त्यसअघि बुधबार नै भएको अन्तिम ३२ को खेलमा रत्नजितले मरिसस तेजराज पुल्टोलाई २१–९ र २१–८ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेका थिए।  अब बिहीबार हुने क्वार्टरफाइनलमा रत्नजितले भारतकै कौशल धर्मामेरविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष एकलमै बुधबार नेपालका विकास श्रेष्ठ र विजित थापामगरले प्रिक्वार्टरफाइनलको यात्रा तय गरेका थिए। बुधबारको अन्तिम ३२ को खेलमा विकासले आफ्नै देशका जीवन आचार्यमाथि २१–१४, १९–२१ र २१–१८ तथा विजितले भुटानका कर्मा छेन्द्रुलाई २१–१० र २१–१३ हराउँदै अन्तिम १६ मा स्थान बनाएका थिए।

यद्यपि, बुधबार नै भएको अन्तिम १६ को खेलमा विकास भियतनामका काउ कुओन फामसँग २१–१४ र २१–१५ तथा विजित अस्ट्रेलियाका एन्थोनी जोयसँग २१–१६ र २१–१४ ले स्तब्ध हुँदै एकलतर्फको विधाबाट बाहिरिएका थिए।

महिला डबल्समा नेपालका अमिता गिरी र रसिला महर्जनको जोडीले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। अमिता र रसिलाले बुधबार भुटानका थिन्ले डेमा र फुन्सो छोडेनको जोडीलाई २१–८ र २१–१६ ले हराउँदै अन्तिम आठमा इरानकी सौरया र भियतनामकी थेट हटारसँगको भेट पक्का गरेकी हुन्।

मिक्स डबल्समा नेपालका दीपेश धामी र शोभा गौचनको जोडी, विजित थापामगर र पुजा श्रेष्ठको जोडी तथा विकास श्रेष्ठ र सीता राईको जोडीले अन्तिम आठको यात्रा तय गरेका छन्।

प्रकाशित: २० मंसिर २०७५ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App