७ वैशाख २०८१ शुक्रबार
खेल

ज्येष्ठ खेलाडी सम्मानित

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका ७० वर्षभन्दा माथिका ज्येष्ठ खेलाडीलाई मंगलबार राजधानीमा सम्मान गरिएको छ।

मदन भण्डारी स्पोर्टस एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले खेलकुदमा योगदान पु¥याएका ६० भन्दा बढी पुराना खेलाडीलाई सम्मान गरेका हुन्।

सम्मान कार्यक्रममा ९१ वर्षे बक्सिङ हस्ती सुरेशसिंह आलेमगरदेखि पहिलो पुस्ताका नेपाली ओलम्पियन रामप्रसाद गुरुङ, नेपाल क्रिकेट संघ(क्यान) का पूर्व अध्यक्षद्वय जयकुमार नाथ शाह र  विनयराज पाण्डे, ब्याडमिन्टनका कुमार मोहनबहादुर शाही, अक्रुर नरसिंह राणा, कमल राणा, पूर्व राखेपसदस्य सचिव किशोरबहादुर सिंह,८८ वर्षे समरबहादुर मल्ललगायत पहिला पुस्ताका खेलाडी उपस्थित थिए ।

उनीहरूलाई एकेडेमीको तर्फबाट पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले नेता भरतमोहन अधिकारी, मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषा किरण भण्डारी लगायतले सम्मान गरेका थिए ।

पुराना खेलाडीको सम्मानको थालनीले खेलकुदमा राम्रो संस्कारविकास गराउने नेता ओलीले बताए ।

‘खेल देशको पहिचान हो । सांस्कृतिक, सभ्यता र विकासको स्तर खेलकुदले देखाउँछ । हामीले खेलकुदलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्छ । त्यसका लागि पुराना खेलाडीको इतिहासलाई हामीले सम्मान गर्न सक्नुपर्छ,’ ओलीले भने, ‘हाम्रो समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । एउटा अपराधी जेलबाट छुट्दा उसको अनुहार छोपिने गरी सम्मान गर्छौं तर खेलकुदबाट राष्ट्रको पहिचान बढाएका खेलाडीलाई सम्मान गर्न अग्रसर हुँदैनौं । एउटा उत्कृष्ट कामका सुरुआत भएको छ । यसले निरन्तरता पाओस् ।’

ब्याडमिन्टनकापूर्व खेलाडी ८५ वर्षे अक्रुर नरसिंह राणाले सम्मान पाउँदा खुसी लागेको बताए । उनले भने, ‘जुन देशको इतिहास बलियो हुन्छ । उसले प्रगति गरेको हुन्छ । नयाँ पुस्ता र पुरानो पुस्ताको अनुभवजोडेर काम गरे हामीले विकास गर्न सक्छौं । सम्मानले खेल क्षेत्रमा गरेको योगदानको कदर भएको महसुस भएको छ ।’

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पुराना खेलाडी नेपालको जिउँदो इतिहास भएको बताए । उनले भने, ‘इतिहासलाई सम्मान गर्न नसक्नेले आफ्नो इतिहास बचाउन सक्दैन । राज्यले सम्मान गरेन भनेर हामीले आफ्नो दायित्वबाट पन्छिन हुँदैन । सम्मान धनले मात्र गर्ने होइन, हृदयदेखि गरेको सम्मानले पुराना खेलाडीको योगदानप्रति न्याय हुन्छ भन्ने लागेको छ ।’

एकेडेमीले विश्व ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसर पारेर ७० वर्ष पूरा गरेका करिब १ सय ५० भन्दा बढी खेलाडीलाई सम्मान गर्ने लक्ष्य बनाएको श्रेष्ठले बताए । उनले भने, ‘हामीले उपलब्ध सबै खेलाडीलाईसम्मान गर्न खोजेका थियौं । कोही राजधानीभन्दा बाहिर हुनुहुन्छ । कोही हिँड्न सक्नुहुँदैन त्यही भएर हामीले सबैलाई उपस्थित गराउन सकेनौं । हामी उहाँहरूको घरमै गएर सम्मानपत्र प्रदान गर्नेछौं ।’

.........

राष्ट्रपति विद्यादेवी भण्डारीले देशका अग्रज खेलाडीलाई एकजुट रूपमा भेट्न पाउँदा गौरवान्वित महसुस भएको बताएकी छन् । मंगलबार राजधानीमा सम्मानित ज्येष्ठ खेलाडीलाई शीतलनिवासस्थित राष्ट्रपति भवनमा स्वागत तथा बधाई ज्ञापन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘म आफू नजन्मदै देशको झन्डा विश्वमाझ परिचित गराइसक्नुभएका तपाईहरूलाईयसरी स्वागत गर्न पाउँदाएकदमै खुसी लागेको छ । यहाँहरूको अनुभवले नयाँ पिँढीलाईअगाडि बढ्न प्रोत्साहन मिल्नेछ ।’

अन्तर्राष्ट्रियजगतमा राष्ट्रलाई चिनाउने र क्रियाशील समाजको स्थापना गर्ने मुख्य कडी खेलकुद भएकोबताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘तर भौतिक पूर्वाधारको हिसाबले हामी सक्षम छैनौं । त्यसका लागि सरकारलाई घच्घचाउने काममा सबै पक्ष लाग्नुपर्छ ।’

भण्डारीले जापानमा २०२० मा हुने ओलम्पिकका लागि अहिल्यैदेखि तयारीमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुद संस्थाहरूलाई जिम्मेवार र उत्तरदायी बनाउन पुराना खेलाडीहरूको अनुभव र आवाज महŒवपूर्ण हुने बताइन्।

प्रकाशित: १२ आश्विन २०७३ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App