नेपाल फर्कौं!

बिहिबार, २० मङि्सर २०७५, ०८ : ५९ प्रेम लामिछाने

युरोपको कुनै प्रशासनिक कार्यालयमा जाँदा जो कसैलाई निकै आनन्द महसुस हुन्छ। मीठो मुस्कान, चिया–कफीको व्यवस्था, प्रशस्त सहयोगी मानिस र आफूले चाहेको काम अति सजिलरी फत्ते हुने त्यो ठाउँ जो कसैलाई फेरि जान पनि मज्जा लाग्छ। हो, त्यस्तै मैले धेरै पटक आफैँले भोगेको छु। मान्छेको आवश्यकताअनुसार कर्मचारी, स्रोत र साधन परिचालित गरिएको छ। आफ्नो सेवा–सुविधा पाउन कोही दलाललाई चाकरी या पैसा पोस्नु नै पर्दैन। स–सानो कुरामा काम नबनी पटक पटक कार्यालय धाउनु पर्दैन। सानातिना मसिना कुरा कर्मचारी आफैँले मिलाएर हुनेसम्म गरेर कामको फत्ते गरेर मानिसलाई खुसी बनाएर नै पठाउँछन्।   

सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारका लागि दैनिकी करिब १५ सय नेपाली उडछन् तीमध्ये  करिब ९० प्रतिशत छिमेकी मुलुक भारत या दुबई, कतार र मलेसिया लगायतका खाडी मुलुक पुग्छन्। उचित शिक्षा, सीप र तालिमविना जाने ती जोखिमपूर्ण मजदुरी गर्न बाध्य हुन्छन्। बाँकी १० प्रतिशत मात्रै राम्रो ठाउँमा पढ्न या रोजगारीका लागि जान्छन्।

संसारका राम्रो विश्वविद्यालय पढेका धेरैजसो नेपाली त्यहीँ बस्न रुचाउँछन्। त्यहाँ पढेको अनुसार पर्याप्त काम र सुविधा पाइने हुनाले यसो भएको हो। प्रशस्तै नेपाली विश्वका धनी देशमा प्रशासन, व्यापार, राजनीति, कूटनीतिमा लागेका छन्। आफ्नो शिक्षा, ज्ञान, सीप र तालिमले निपुण भएको हुँदा तिनले त्यहाँ थुप्रै अवसर पाउँछन्। निकै कम मात्रै नेपाल फर्किएर काम गरेको देखिन्छ। देशको राजनीति, नियम–कानुन बनाउने ठाउँमा तिनको उपस्थिति झिनो छ। अझै देशको प्रशासनिक तहमा झन् लगभग हातमा लाग्यो शून्यको अवस्था छ।

त्यस्तै जो कामै गर्न गएका हुन्छन्, ती मन नलागी नलागी भिसा सकिएपछि नेपाल फर्कन्छन्। तर, तिनले आफूले गरेका कामको अनुभवबाट केही न केही प्राविधिक तथा व्यावसायिक सीप सिकेर नेपाल आएका हुन्छन्। उनीहरू आफैँ सानो व्यवसाय गरेका प्रशस्तै भेटिन्छन्। निकै राम्रो ज्ञान, अनुभव तथा सीपका बाबजुद आर्थिक मजबुत नहुँदा ठूलो व्यवसाय गर्न सक्दैनन्। न त सरकारबाट केही अनुदान पाउँछन्, न लगानीअनुरूप सुरक्षा जसले गर्दा फेरि उनीहरू खाडी मुलुक जान मेनपावर धाउन बाध्य हुन्छन्। यो हामीले देखिसुनेका र भोगेका तीतो कथा हो।

धेरैजसो नेपाली २० वर्षको उमेरमा पहिलो पटक विदेश जान्छन् जुन उमेर आफैँमा क्रियाशील, जागरुक र सिर्जनशील हो। तर उनीहरू देशमा केही सम्भावना नदेख्नाले वैदेशिक रोजगारीको बाटो रोज्छन्। यहाँ देशमै केही गर्छु भनेर ऋण पाइन्न तर विदेश जाने भनेपछि जतिसुकै पैसा पाइने ठाउँ नेपाल हो। अर्काको ऋणको भार बोकेर वैदेशिक रोजगारका लागि गएकाको निम्ति आफ्नो हरेक पसिनाको मूल्य चुकेर ऋण तिर्ने मात्रै नभई परिवार पाल्नुपर्ने बाध्यता छ। राम्रो देश या काममा पुगेकाले त्यहीँ पिआर र त्यहीको नागरिक भई परिवार लिएर बस्ने गरेका छन् केवल सफल र खुसी जीवनका लागि अनि आफ्नो र परिवारको भविष्यको निम्ति।

२० वर्षको हाराहारीमा विदेश गएर करिब ३५–४० वर्ष पुगेका नेपाली जसले दशकभन्दा बढी काम गरेर विदेश बसेका हुन्छन्, तिनले परिवार, बैंक ब्यालेन्स र नाम सबै कमाइसकेका हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा, तिनीहरूले त्यहाँको काम र बसाइँबाट आफू इमानदार हुन सिकेका हुन्छन्। देशको व्यवस्थाले उनीहरू त्यतै बन्छन्। कामको सम्मान र मान्छेलाई मान्छेका रूपमा व्यवहार गर्ने सत्कार सिक्छन् जुन कुराको नेपालमा अहिलेसम्म खेडेरी लागेको छ।  

युरोप बसाइँको क्रममा मैले थुप्रै नेपालीहरू भेट्ने अवसर पाएको छु जसलाई नेपाल फर्केर केही गर्न पनि मन छ। उनीहरू त्यहाँ एक किसिमले भन्ने हो भने सबै पुगेर बसेका छन्। उनीहरूले सिकेर नेपालमा आउने हो भने त्यसको नतिजा पक्कै राम्रो हुनेछ। उनीहरू त्यहाँ नेपालप्रति दुखेसो मात्रै नगरी नेपाल आउने बाटो खोज्ने क्रममा रुमल्लिएका जस्ता लाग्छन्। उनीहरू एउटा उचित अवसरको पर्खाइमा छन्।

सरकारी निकायमा हेर्ने हो भने, नेपालको प्रशासनिक क्षेत्रमा जान महिलालाई ४० र पुरुषलाई ३५ को उमेर हदबन्दी लगाएको छ। पश्चिमी मुलुकका धेरैजसो देशमा ४० र ४५ छ। यो उमेर बन्दीले मैले भेटेका करिब ४० वर्षको नेपाली जोसँग सब कुरा पुग्दो भइसकेर नेपाल आउन मन छ, तिनलाई निरुत्साहित गरेको छ या ढोका बन्द पारेको छ। यो एउटा नियम परिवर्तनले संसारका थुप्रै मानिस नेपाल फर्कने सक्ने कुरामा म ढुक्क छु, आफूले भेटेकै थुप्रै नेपाली अनुभवबाट।

केही महिनाअघि लोक सेवा आयोगमा नाम निस्केका अर्को वर्ष मात्रै काममा भर्ना हुने कुरा बाहिर आयो। अर्को भाषामा भन्ने हो भने, सरकारले रोजगारी सिर्जना गर्न सकेन। धेरैभन्दा धेरै रोजगारी सिर्जना गरी युवा विदेश पलायन हुनबाट रोक्छु भन्ने सरकारलाई अब विश्वास कसरी गर्ने ? यसरी गरिबी र रोजगारीको समस्या हल हुने होइन, बरु झन् बढेर जाने निश्चित छ। उचित नियम र त्यसलाई सञ्चालन गर्ने प्रशासन फितलो हुँदा देश र जनताले दुःख पाएका हुन्। तिनले अर्को सक्षम व्यक्ति आफ्नो पद जिम्मा लगाउन नै सक्छन्। सबैलाई डर छ, कतै केही नियम बनिहालेर विदेशमा बस्ने सक्षम नेपाली प्रशासनमा पो आउने हुन् कि भनेर !

सबै नेता तथा कर्मचारीलाई थाहा छ, उमेरको हदबन्दी बढाएर लग्नाले त्यहाँ अहिले जस्तो पैसा र पदको दाइँ हाल्न पाइन्न। नेपाल आई देशको प्रशासनिक क्षेत्रमा सुधार ल्याउँछु भन्नेहरू बाँधिएका छन् ।  तिनीहरू यहाँ आउने हो भने यहाँको अहिले देखिएको भ्रष्टाचार र अनियमिता घटेर जानेछ किनकि तिनलाई फेरि ४० को उमेरमा नेपाल आएर कमाउने लोभ छैन, इमानदार हुन नि सिकिसके ।

सरकार र प्रशासनको समन्वयविना देश विकास र सुधार गर्न कठिन छ। सरकारी कर्मचारीलाई ‘ल्याप्चे’ भनेर जो कसैले भनेको सुनिन्छ किनकि ती अहिलेसम्म शिक्षा र प्रविधिवाट आफू टाढा छन्।  केही सरकारी तहमा भर्खरै कम्प्युटर तालिमको व्यवस्था गर्न थालिएको पनि छ।  पक्कै पनि सबै ‘ल्याप्चे’वाला छैनन् तर अधिकांश त्यस्तै छन्, दुईमत छैन।  अब हामी सोचौँ, ती ल्याप्चे जो आफैँ सक्षम छैनन् तिनले परीक्षा लिएर ल्याएका नयाँ कर्मचारी प्रशासनमा कस्ता आउलान् अनि तिनबाट कस्तो अपेक्षा गर्ने ? सभ्यता, अग्रसर र उन्नतिशीलताको नाममा यहाँ सबै परीक्षा अंग्रेजीमा दिनुपर्छ भन्ने छैन।  हुन त यस्तो दक्षिण एसियाली राष्ट्रमै छ।

अन्त्यमा,
सबैभन्दा महत्वपूर्ण कुरा सार्वजनिक सेवा प्रवाह हो। युरोप लगायतका पश्चिमी मुलुकमा जसरी एउटा मानिस सार्वजनिक सुविधाका लागि कार्यालय जान्छ, उसले त्यहाँ साँच्चै आफूले पाउनुपर्ने या कार्यालयले दिनुपर्ने सेवा सुविधा पाउँछ, त्यो पनि विनाझन्झट र तनावविना। नेपाल भन्दा ठ्याक्कै उल्टो।

दुई तिहाइको दम्भ लिएर ठूला सपनाको कुरा मात्रै गर्नुको सट्टा साँच्चै परिवर्तन गर्ने हो भने देशको प्रशासनिक क्षेत्र तत्काल सुधार्न जरुरी छ। विदेश पलायन भएका थुप्रै नेपालीलाई नेपालमै आउने वातावरण बनाई देश विकासमा उनीहरूको सोच, सीप र ज्ञानको प्रयोग गरी देशलाई उन्नति–प्रगतिपथमा दौडाउन सकिन्छ। पैसा र स्रोत–साधन मात्रै नभई यसमा सरकारको इच्छाशक्तिको खाँचो छ। यो सरकारले यति गरे देश–विदेशका नेपालीका मन, मस्तिष्क र मुटुको ढुकढुकीमा बस्नेछ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad