६ वैशाख २०८१ बिहीबार
राजनीति

शान्ति सुरक्षा दिन नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : संग्रौला

फाइल तस्बिर

रुकुम - नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद डा.डिला संग्रौलाले वर्तमान सरकार शान्ति सुरक्षा स्थापनामा असक्षम भएको आरोप लगाएकी छन्। सरकार गठन भएको नौ महिनाको अवधिमा नौ वटा राम्रो काम समेत नभएकाे उनले बताइन्। 

नेपाल प्रेस युनियन रुकुम (पश्चिम) को आयोजनामा बुधबार मुसिकोट खलंगामा भएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सांसद संग्रौलाले सरकारले अपराधिलाई कानुनी कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको अरोप समेत लगाइन्। कन्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको नभई बालुवाटारमा अपराधि लुकाइएको उनले अारेाप समेत लगाइन्। ‘सरकारले हत्यार पत्ता लगाउन नसकेको भन्ने होइन्, यो घटनाका प्रमाण नष्ट गर्नमा सरकार आफै लागेको थियो,’ उनले भनिन्, ‘अहिले हत्यारालाई संरक्षण दिएर राखिएको छ।’

देशमा शान्ति सुरक्षा दिन नसक्नेले सरकारबाट राजीनामा दिनुपर्ने उनको माग थियो। अहिले सरकार मस्त निन्द्रामा रहेका कारण न्याय मरेको देश जस्ताे भएको भन्दै सांसद संग्रौलाले सरकार प्रति आक्रोश व्यक्त गरिन्। बलात्कार पछि हत्या गरिएकी निर्मलाका दोषिलाई पत्ता लगाउने नाटकमा विभिन्न समिति बनाएर नाटकीय शैलिमा प्रतिवेदन आएको उनको भनाई थियो।

फरक प्रसंगमा उनले कांग्रेस आमुल परिवर्तनको तयारीमा रहेको बताइन्। मंसिर २८ गतेदेखी हुने महासमितिको बैठकले पार्टीको विधान संशोधन गर्ने र त्यसपछि पार्टीमा अामुल परिवर्तन आउने केन्द्रीय सदस्य संग्रौलाको भनाई छ। कांग्रेसले संविधान अनुसार नै समावेशी सहभागितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उनले जिकिर गरिन्। 

 

प्रकाशित: १९ मंसिर २०७५ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App