coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएलका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइयाे

काठमाडौं - मङ्सिर २२ गतेदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ।

इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छ जना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो। खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन्। आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ।

मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन्। चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।

क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्विमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स र पोखराले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता समेत दिइसकेको छ। उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्सले खेल्नेछन्। विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ।रासस 

प्रकाशित: १९ मंसिर २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App