coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मन्त्रीज्यू ! वाइडबडी खरिद भ्रष्टाचारको भागेदारी नबन्नुस्, सीमामा बस्नुस्’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं सांसद मीनेन्द्र रिजालले वाइडबडी खरिद प्रकरणको सत्य तथ्य बाहिर ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ध्यानाकर्षण गराएका छन्। 

मन्त्री अधिकारी उपस्थित बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा सांसद रिजालले वाइडबडी खरिद अनियमितता बद्मासी र घोटाला भएको आफ्नो निष्कर्ष सुनाउँदै भने, ‘मन्त्रीज्यू तपाई यसको भागेदारी नबन्नुस्। सीमामा बसेर अभिव्यक्ति दिनुस।’ वाइडबडी खरिद प्रकरणबारे मन्त्री अधिकारीको जवाफ निराशाजनक भएको र जिम्मेवारी बोध नदेखिएको टिप्पणी गर्दै रिजालले जहाज किनेर गरिएको व्यवस्थापनमा खुसी हुनुहुन्छ कि हुनुहुन्न? भनी प्रश्न गरे।

‘वाइडबडीमा के आधारमा लगानी गरियो? कर्मचारीले अवकाशपछि निवृत्तिभरण पाउने रकम नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको छ, यस्तोमा नेपाल वायु सेवा निगम टाट पल्टियो भने कसले जिम्मा लिन्छ?’ उनले भने, ‘मन्त्रीज्यू सन्तोषप्रद जवाफ चाहिन्छ।’ 

उनले नेपाल एयरलाइन्स ठिकसँग नचलेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य बोकेको वर्ष सन २०२० पनि नजिकिनै लागेको भन्दै गम्भीर भएर सोच्न मन्त्री अधिकारीलाई आग्रह गरे। ‘तपाई सफल हुनुस, देश सफल हुन्छ’, उनले शुभकामना दिए, ‘तर मन्त्रीज्यू तपाई अनियमितताको भागेदारी नबन्नुस्।’

सांसद एवं समितिका सदस्य हृदेयश त्रिपाठीले वाइडबडी खरिद प्रकरणमा मन्त्रालय गम्भीर नदेखिएको र नीतिगत रुपले अस्पष्ट रहेको भन्दै कम्पनी मोडलमा लैजान प्रस्ताव गरे। 

लेखा समितिका अर्का सदस्य अमनलाल मोदीले मन्त्री अधिकारीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आश गरिएका मन्त्रीको भिजन व्यवहारमा नदेखिएको आरोप लगाए। 

प्रकाशित: १९ मंसिर २०७५ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App